• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा १४ देशका ख्यातीप्राप्त चित्रकारले एकैसाथ लाईभ चित्र कोर्ने

दिक्तेलमा १४ देशका ख्यातीप्राप्त चित्रकारले एकैसाथ लाईभ चित्र कोर्ने


समायोजन खबर
  • सोमबार, असोज ८ २०८०

  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी बारे जानकारी गराउनु हुँदै मेयर तीर्थराज भट्टराई।

    चिसाङ शेर्पा खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा १४ देशका चित्रकारले एकैसाथ लाईभ चित्र कोर्ने भएका छन्।

    कला, संस्कृति र पर्यटन प्रवद्र्धनका निम्ति १७ असोजदेखि २१ असोजसम्म दिक्तेल तथा आसपासका स्थानहरुमा केन्द्रित रहेर १४ देशका ४० जना बढी ख्यातीप्राप्त चित्रकारले जिल्लाको दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्साखोल्सी, खोँच, लेकवेशीका चित्रहरु लाइभ बनाउने भएका हुन्।

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा लाईभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातीप्राप्त चित्रकारहरु दिक्तेल आउनेछन्। चित्रकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट दिक्तेलसम्म ल्याउने,लाने व्यवस्थापन नगरपालिकाले गर्ने आईतबार नगरको सभाहलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ।

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा आएका चित्रकारहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहित छनोट भएका र अन्य नौ वटा स्थानीय तहहरुबाट छनोट तथा प्राथमिकीकरणमा परेका तस्विरहरको लाईभ चित्र कोर्नेछन्।
    धनु आर्ट स्टुडियोको प्राविधिक सहयोग र नगरपालिकाको सम्पूर्ण व्यवस्थापनमा चित्रकारले कोरेका चित्रहरुलाई कार्यक्रमको अन्तिम दिन माटिकोरे खेलमैदानमा प्रदर्शन गरिनेछ । भने, काठमाण्डौको आर्ट ग्यालरीमा प्रदर्शनी गर्ने समेत व्यवस्थापन भईरहेको छ।मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीले नगरपालिका तथा समग्र जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकासका साथै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानहरुको महत्व झल्काउन कोशेढुंगा सावित गराउन सकिनेमा दुई मत नरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए। कार्यक्रमका लागि १८ लाख बजेट छुट्याईएको छ। कार्यक्रममा कूल खर्च ४९ लाख लाग्ने प्रक्षेपण गरिएको छ । यसैविच, कार्यक्रम सफल पार्नका लागि जिम्मेवारी बाँडफाँड गरेर तयारी तिब्र पारिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
    कसलाई,के जिम्मेवारी
    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी सफल बनाउन नगरप्रमुख भट्टराईको संयोजकत्वमा १४५ मूल समारोह समिति, नगर उपप्रमुख विशन राईको संयोजकत्वमा ७ सदस्यीय स्वागत व्यवस्थापन समिति, जालपाका वडाध्यक्ष दान बहादुर राईको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समिति, दिक्तेलका वडाध्यक्ष नवराज राईको संयोजकत्वमा ५ सदस्यीय झाँक्री व्यवस्थापन समिति, लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेको संयोजकत्वामा ३५ सदस्यीय प्रचारप्रसार समिति, निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतको संयोजकत्वमा ७ सदस्यीय मोबाइल परिचालन समिति, बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राईको संयोजकत्वमा ५ सदस्यीय सरसफाई व्यवस्थापन समिति, खाल्लेका वडाध्यक्ष खगेन्द्र राईको संयोजकत्वमा ५ सदस्यीय लजिस्टिक व्यवस्थापन समिति र खुसनारायण सैंजुको संयोजकत्वमा ४५ सदस्यीय दिक्तेलबजार पर्यटन प्रवद्र्धन तथा अतिथि सत्कार समिति गठन गरिएको छ।
    साथै, नगर कार्यपालिकाका सबै कर्मचारीहरलाई जिम्मेवारी बाँडफाँड गरी कार्यक्रमको तयारी भईरहेको र कार्यक्रममा उपस्थितिका लागि अतिथिहरुलाई निमन्त्रणा पठाउने काम भईरहेको जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology