• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा २९ प्रतिशत विधुत महशुल अनलाईनबाट संकलन

खोटाङमा २९ प्रतिशत विधुत महशुल अनलाईनबाट संकलन


समायोजन खबर
  • शनिबार, भाद्र २३ २०८०

  • समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका आधा ग्राहकहरुले अनलाईन प्रविधिबाट विधुत महशुल तिर्ने गरेका छन्। लामो समय हिडेर कार्यालय पुगी लाईन लागेर महुशल तिर्दै आएका ग्राहकहरु अब,भने अनलाईन प्रविधिबाट घर तथा कार्यस्थलबाटै महशुल तिर्न थालेका हुन्।

    आर्थिक वर्ष २०७९/२०८० मा ८२ हजार ४५५ वटा ग्राहक रसीद काटिएकोमा अनलाईन प्रविधिबाट ३९ हजार ४२८(४७.८२) जना ग्राहकले एक करोड ९० लाख ३१ हजार ९१७(२९.५७)रुपैयाँ अनलाईन प्रविधिबाट महशुल तिरेको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    प्राधिकरणका अनुसार दिक्तेल वितरण केन्द्र काउण्टर, हलेसी काउण्टर, खोटाङबजार काउण्टर, चिसापानी काउण्टर, बाघेढुंगा काउण्टर, बराहापोखरी काउण्टर र बराहापोखरी गाउँपालिका काउण्टर गरी सात काउण्टरबाट ४२ हजार १७ जनाले चार करोड ५३ लाख ३० हजार १७२ रुपैयाँ विधुत महशुल तिरेका छन्।  वितरण केन्द प्रमुख ईन्जिनियर विजयराज रेग्मीका अनुसार कूल काटिएको ग्राहक रसीदबाट अनलाईन र काउण्टर गरी गएको आर्थिक वर्षमा छ करोड ४३ लाख ६२ हजार ९० रुपैयाँ महशुल संकलन गरिएको छ।

    प्राधिकरणले आर्थिक वर्ष २०७९/२०८० मा ४५ लाख २५ हजार ४१६ रुपैयाँ वक्यौता महशुल संकलन गरेको छ। गएको आर्थिक वर्षमा लाईन काटेर पुनः जोडेका ८८९ जना ग्राहकबाट ७१ लाख ९ हजार ४३६ रुपैयाँ महशुल उठाईएको छ।
    २०५७ जेठ २० गते जलजले सब–स्टेशनदेखी ३३ केभी लाईनमा ११ केभी लाइन प्रवाह गरी सुरुवात भएको विधुत सेवाका हालसम्म २४ हजार ६४२ घरधुरी अर्थात ४० हजार ग्राहक छन्।
    प्राधिकरणले जलजले सब–स्टेशनदेखी ११ केभी लाइनलाई अपग्रेड गरी ३३ केभी लाईन बुईपासम्म(११२.१०किलोमिटर)दुरीमा विधुत ल्याएर बुईपामा ६÷८ र लिच्किराम्चेको बाघेढुंगामा ३ एमभिए सब–स्टेशन सञ्चालन गरिरहेको छ।
    कुन पालिकामा कती विधुतीकरण ?
    प्राधिकरणका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९७.२३ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ९१.०२ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ८०.६२ प्रतिशत, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ९३.४८ प्रतिशत, ऐसेलुखर्क गाउँपालिकामा ५९.३६ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ४१.३८ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ४२.८५ प्रतिशत, बराहापोखरी गाउँपालिकामा ४२.७६ प्रतिशत, रावाबेंशी गाउँपालिकामा ९९.८२ प्रतिशत र साकेला गाउँपालिकामा ९६.९० प्रतिशत विधुतीकरण भएको छ।

    पूर्ण विुधतीकरणका लागि आर्थिक वर्ष २०७९÷२०८० मा एक अर्व वजेट विनियोजन भई केन्द्रीय कार्यालयबाट वोलपत्र आव्हान भई १८ महिनामा काम सक्नेगरी जन्तेढुंगा गाउँपालिका, बराहापोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुर्खक गाउँपालिकामा धमाधम विधुतीकरणको काम भईरहेको छ। अन्य स्थानीय निकायको छुट स्थानहरुमा चालू आर्थिक वर्षका लागि १० करोड वजेट माग गरिएको जनाईएको छ।

    एक आर्थिक वर्षभरी खोटाङमा ७० लाख ३१ हजार २९३ युनिट विधुत खपत भएको छ। वर्षभरी स्थानीय हाइड्रोपावरबाट ३ करोड ७२ लाख ५१ हजार ८० युनिट विुधत प्राप्त भएकोमा जिल्लामा ७६ लाख ६६ हजार ७० युनिट खपत भएको र वाँकी युनिट जलजले र ओखलढुंगा पठाईएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology