• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अस्पतालको समस्याबारे मानव अधिकार आयोगद्धारा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्रचार

अस्पतालको समस्याबारे मानव अधिकार आयोगद्धारा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्रचार


समायोजन खबर
  • शुक्रबार, भाद्र १५ २०८०

  • अस्पतालको समस्यामाथि अनुगमन गर्नुहुँदै राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव गीता कुमारी दाहाल।

    समायोजन खबर खोटाङ, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले खोटाङ जिल्ला अस्पतालको समस्याका बारेमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्रचार गरेको छ।

    अस्पतालको समस्याका विषयमा जनमानसबाट आलोचना र लगातार समाचार प्रकाशन भएपछि १२ भदौबाट अस्पतालको अनुसन्धान तथा अनुगमन गरिरहेको आयोगले शुक्रबार(आज)ईमेलमाफर्त अस्पतालको समस्याका विषयमा मन्त्रालयलाई पत्रचार गरेको जानकारी प्राप्त भएको छ।

    आयागले मन्त्रालयलाई अस्पतालको यथार्थ समस्याको विवरणसहित सञ्चारमाध्यममा आएका समाचारको लिंक राखेर पत्रचार गरेका हुन्। पत्रमा अस्पतालको समस्या र समाधानका विषयहरु समाबेश गरिएको श्रोत बताउँछ।
    आयोगले नै गत बुधबार जिल्ला समन्वय समितिलाई अस्पतालका विषयमा आएको समाचार र समाचारमा देखाईएका समस्या बारे सत्यतथ्य जानकारी दिन पत्रचार गरेको थियो। समन्वयले हालसम्म जानकारी भने दिएको छैन।

    अस्पतालको समस्यामाथि सुरु गरिएको अनुगमन र अनुसन्धान टुंगोमा नपुगेसम्म निरन्तर चलिरहने आयोगका प्रमुख उपसचिव गीता कुमारी दाहालले बताउनुभयो। ७ भदौमा जिल्ला अस्पताल खोटाङको सेवालाई लिएर चौतर्फी आलोचना भएपछि समायोजन खबर डटकमले अस्पतालको यथार्थ समाचार श्रृङखलाबद्ध बाहिर ल्याईरहेको छ।
    यो पनि पढ्नुहोस,अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा को–को,कुन पार्टीको?

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology