समायोजन खबर खोटाङ, यतिबेला विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या भएका विरामीको चाप बढ्दै गएको छ।
पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो। काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ। तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिनुभयो।
उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो। धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताउनुभयो। उहाँले यो पटक विगतको वर्षहरु भन्दा धेरै नै केसहरु देखिएको बताउनुभयो।
आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताउनुभयो। उहाँले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताउनुभयो। डा।बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महशुस हुने हुन्छ। यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताउनुभयो। डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताउनुभयो।
आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन्।
के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
संक्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल, कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुशी औषधिको प्रयोग नगर्ने। यो समाचार हाम्रा पाठकहरुका लागि हिमालय टाइम्सबाट साभार गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology