समायोजन खबर खोटाङ, साकेला गाउँपालिका–३ खिदिमा स्थित तावाभञ्ज्याङमा निर्माण गरिएको वावु (चिण्डो) पोखरी जनश्रमदान मार्फत सफा गरिएको छ। भल तथा बाढीका कारण पोखरी पुरिएपछि मंगलबार वडा कार्यालय खिदिमाको पहलमा स्थानीय नागरिकहरु भेला गराई श्रमदान मार्फत पोखरीमा भरिएको ढुंगा, गिट्टी तथा बालुवा निकालिएको हो। 
साकेला गाउँपालिकाको लगानीमा दुई वर्षअघि निर्माण गरिएको उक्त पोखरी वर्षादको भलका कारण पुरिएको थियो। किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्थित्व नै हराउन लागेपछि श्रमदान मार्फत सफा गरिएको वडा अध्यक्ष गोविन्द तामाङले बताए। जनश्रमदान गर्न एक सय भन्दा बढी स्थानीयवासीको साथमा जनप्रतिनिधि, राजनैतिककर्मी, कर्मचारीहरु तावाभञ्ज्याङ पुगेका थिए।
उक्त पोखरी सफा गर्न र जनश्रमदानलाई साथ दिन साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईको उपस्थिति थियो। स्थानीय नागरिकहरुसँगै अध्यक्ष र उपाध्यक्ष दुवै जनाले पोखरीमा भरिएको बालुवालाई निकालेर व्यवस्थापन गर्न सहयोग गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology