चिसाङ शेर्पा कार्तिक÷४ खोटाङ,
नयाँ शतिm नेपाल खोटाङवाट प्रदेशसभा निर्वाचनका उम्मेदवार मदन राइका यस्ता छन् चुनावी एजेण्डा ।
भोज र नोटमुखी भ्रष्ट्राचारको अन्त्य
लोकतन्त्रमा मालिकको तहमा बस्ने मतदाताले भोज र नोटमा भोट (मत) बेच्न हुन्न । मालिकको लागि यो सरम लाग्दो र अपराधी कुरा हो । सबैले बुझांै । यसोगर्न थालियो भने देश टाट उल्टिनेछ चाँडै । देशभित्रका सबै हामी टाट उल्टिनेछौं । भोट माग्नेले एक हजारमा एक भोट किन्छ । जित्यो भने त्यो एक हजारले लाख वा करोड बनाउँछ । हा¥र्याे भने आफै टाट उल्टिन्छ ।
भोट किनबेचले देशमात्र होइन ८० प्रतिशत भोट किन्ने तर हार्नेहरु पनि टाट उल्टिन्छन । चाँडै सिपालु र इमान्दार मानिस तर, पैसा कम हुनेले राजनीति जस्तो महत्वपूर्ण सेवागर्न छाड्ने छन् । बन्दुकधारी गुण्डाहरुको बिगबिगी हुनेछ । यो पनि बुझौँ कि भोटमाग्ने मजस्ता मानिस जनताको नेता र ठालु होइनाँै हामी सेवक हौं । राजनीति भनेको समाजको इमान्दारीसाथ सेवा गर्ने माध्यम हो । यो बुझ्न जरुरी छ कि मतदाताहरु पार्टीको दास होइनन् । कार्यकर्ताहरु पार्टी नेताको नोकर होइनन् ।
जनताले हरेक दिन सरदर १ सय रुपियाँ सरकारी ढिकुटीमा बुझाउँदै जम्मा गरेको खर्बौं रकमलाई जनताकै भलाइको लागि इमान्दारीसाथ लगानी गरीदिने सेवक छान्ने हो चुनावमा भोट दिएर । नक्कली र भ्रष्ट सेवकले अनेक जालझेल गरेर भोज र नोट खुवाएर भोट किनी जितेर लगेपछि हामीले जम्मा गरेको खर्बौंको ढिकुटी हिनामिना गरीदिन्छन् । हामी आशैआशमा निराश भएर बस्न बाध्य हुन्छौ ।
भोज होइन भात खुवाऔँ
भोट माग्ने एकले हजारौँलाई भोज खुवाउँदा करोडौं खर्च हुन्छ । तर त्यो भोटमाग्ने एक जनालाई एक मतदाताले एकछाक भात खुवाउँदा मतदाताको खासै केही जाँदैन । बरु भ्रष्टाचार हुनु पाउँदैन । आत्मीय सम्बन्ध बढ्नेछ । मतदाता साँच्चिकै मालिक वा अभिभावकको तहमा सम्मानित हुने संस्कृतिको विकास हुनेछ ।
यो पटक म वा मेरा प्रतिनिधि स्वयम् सेवकहरु तपाईहरुको घरदैलोमा आउँदा हामीलाई एकछाक दालभात वा मकै भटमास दिनुहोस । म तपाईहरुलाई यो मौसममा रोपिने ८ मात्रपर्ने मुला, रायो र केराउको बीउ दिनेछु । यी सबै बीउहरु तपाईको जीवनभर र दरसन्तान सम्मलाई काम लाग्नेछ । म बुढो भए । मेरो जीवनको अन्तिम उपहार संधै सम्झनाको लागि यही हुनेछ । तर, म भोज खुवाउँन र नोट बाँड््ने काम कदापि गर्ने छैन । यसरी मैले भ्रष्टाचार गरेर नेपाली आमालाई टाट उल्टाउनु चाहान्न ।
एजेन्डा दुई, युवा नेतृत्व र उद्यमशीलतामा लगानी
लोकतान्त्रिक राजनीति आधुनिक मानिसको अपरिहार्य आवश्यकता हो । सबैले राजनीतिमा चासो र सहभागिता जनाउनै पर्छ । यसमा विशेष युवाहरुको सहभागिता अनिवार्य हुन आउँछ । युवाहरुले राजनीति सिक्ने भनेकै चुनावको बेला सहभागी भएर हो । मैले अघिल्लो चुनावहरुमा युवाहरुलाई चुनावभरी प्रयोग गरेर सकिएपछि लथालिङ्ग छाडेकोमा पछुतो लाग्छ ।
यो पटकको चुनावमा मेरो टिमलाई सहयोग गर्ने र आवश्यकता र चाहना भएका युवाहरुलाई चुनावको बेला राजनीति नेतृत्व सिकाउने र चुनावपछि चाहना गर्नेलाई व्यवसायिक सीप सिकाई सकेसम्म व्यवसायी बनाउँन सहयोग गर्ने अठोट लिएको छु । युवाहरु राजनीतिक रुपमा चेतनशील र उद्यमशीलतामा आत्मनिर्भर हुन सकोस भन्ने मुख्य ध्येय हो । यसैले स्वाधीन र समृद्ध नेपाल बन्नेछ ।
एजेन्डा तीन, स्थानीय पदाधिकारीलाई सफल बनाउने
हाल निर्वाचित तथा मनोनित खोटाङ जिल्लाका सबै स्थानीय पदाधिकारीहरुलाई ऐन, नियम निर्माण र विकासको काममा सफल बनाउँन म र मेरो टिम पूर्णरुपमा सहयोग गर्न कटिबद्ध छौ ं। हालको संवैधानिक व्यवस्थामा निर्वाचित पदाधिकारीहरु असफल हुनु नै खोटाङ र नेपाल असफल हुनु हो । दलको कुरा त केवल चुनावको दिनमात्र हो भन्ने लाग्छ हामीलाई । गलत काम पर्खेर बस्नु भन्दा गल्ती हुनै नदिने वातावरण बनाउनु हाम्रो शैली हुनेछ ।
निर्वाचित पदाधिकारीहरुलाई मेरो मुख्य सुझावहरुमा आगामी ५ वर्षमा विकासको बजेटको ८० प्रतिशत रकम सबै स्थानीय सडक निर्माण र मर्मतमा लगाउने हुनेछ । सडकको पहँुच हुँदा कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, सेवा क्षेत्रलाई स्वतः सजिलो हुन जान्छ । उत्पादनमुखी शिक्षा र अर्गानिक कृषि पर्यटनको विकासमा विद्यार्थी र किसानमैत्री नीति र कार्यक्रम लागु गर्न हुनेछ ।
विकास निर्माण
१ हलेसी तुवाचुङलाई धर्मको त्रिवेणी र खोटाङ जिल्लालाई अर्गानिक कृषि पर्यटनको जिल्ला बनाउने ।
खोटाङ जिल्लाको सौभाग्यले संसारको उच्च शिखर सगरमाथाको काखैमा रहेको हलेसी तुवाचुङमा हिन्दु, बौद्ध र प्रकृति पुजक किँरात गरी तीन धर्मावलम्बीहरुको विश्वासको त्रिवेणी स्थल हो । यसको उचित विकास र प्रचार गर्न सके यहाँ वार्षिक करोडसम्म पर्यटक ल्याउन सजिलै सकिनेछ । यस त्रिवेणी स्थलको उचित विकासको लागि गुरुयोजना निर्माण र विकासमा मेरो विशेष सहयोग र सहभागिता रहनेछ ।
यस गुरुयोजनामा नै यहाँ आउने पर्यटकहरुलाई किसानकै खेतबारीमा होम स्टे र रिसोर्ट बनाउँने योजना पनि समावेश गरीनेछ । किसानहरुलाई सबै उत्पादन अनिवार्य अर्गानिक हुनुपर्ने नीति र कार्यक्रम समावेश गरीनेछ । यसरी खोटाङ जिल्लालाई पूर्ण अर्गानिक जिल्ला बनाउँन थालनी गरीनेछ ।
२ उत्पादनमुखी शिक्षा र अर्गानिक कृषि पर्यटनको विस्तार
हामीले खोटाङ विकास मञ्च, नाहिमा कृषि श्रोत केन्द्र र शुभद्रा–मदन फाउण्डेशनमा अध्ययन र अभ्यास गरेका उत्पादन र काममुखी शिक्षा र अर्गानिक कृषि पर्यटनको नमुनालाई जिल्ला र देशव्यापी लागुगर्न हरप्रयास गर्नेछु ।
३ पूर्वाधार विकास
केन्द्रीय स्तरबाट निर्माण हुने र भएको लोकमार्गको कामलाई सुचारु गराउँन पहल गर्नेछु । यस्तै, दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना चाँडो सुरु गराउन मेरो प्रमुख काममा पर्नेछ । निजी क्षेत्रबाट निर्माणाधिन रावाखोला जलविद्युत आयोजनालाई सकेको सहयोग गरी चाँडो निर्माण सम्पन्न गराउन प्रयास गर्नेछु । खोटाङ जिल्लाको घरघरमा इन्टरनेट उपलब्ध गराउनमा केन्द्रीय तहबाट प्रयास गर्नेछु ।
चुनावपछिका मेरा कामहरु
प्रतिनिधि सभामा जानलाइ खोटाङे जनताले अनुमोदन गरेमा मैँले गर्न सक्ने र नसक्ने कामहरु निम्न हुनेछन । अनुमोदन भएन भने नेपालमा उत्पादनमुखी शिक्षा र अर्गानिक कृषि पर्यटनबाट देशलाई समृद्ध बनाउँने काममा निरन्तर लाग्नेछु ।
सांसदको ओहदाबाट गर्नु पर्ने र सक्ने कामहरु
पहिलो काम
प्रतिनिधि सभा सदस्य (सांसद)ले गर्ने मु्ख्य काम भनेको जनताको हितमा हुने र हुनुपर्ने ऐन, नियमहरुको अध्ययन, निर्माण र संशोधन नै हो । मेरो मुख्य जोड उत्पादनमुखी शिक्षा, पूर्वाधार र अर्गानिक कृषि पर्यटनको लागि कानुन निर्माण र बाधाहरु फुकाउने नै हुनेछ । संविधान नै अपूर्ण भएकोले समयानुकूल पूर्णता दिनलाई पनि अध्ययन, बहस र प्रस्ताव पेश गर्ने काम हुन सक्दछ ।
दोश्रो काम
खोटाङ जिल्लालाई केन्द्रीय स्तरबाट आउन सक्ने विकास निर्माणको आयोजनाहरुको बारेमा जानकारी राख्नाका साथै प्रस्ताव तयार गर्न, लबीगर्न र प्रभावकारी ढंगले परिचालन गर्न गराउँन सहयोग गर्नेछु ।
मन्त्रीको ओहदाबाट गर्ने र सक्ने काम
संयोगले सरकारमा जानुपरेमा आफुलाई तोकिएको मन्त्रालयले गर्नु पर्ने काम देशव्यापी र व्यापक हुनेछ । यस्तोबेला खोटाङ जिल्लाको लागि हुनेजति र सक्नेजति मन्त्रीको हैसियतले कुनै कमी र अन्याय हुन दिनेछैन ।
कामको पारदर्शिता
सांसद होस या मन्त्री, मेरो हरेक दिनको काम अनलाइनमा सबैले थाहा पाउनेगरी राख्ने छु । मेरो कम्तीमा दुई वटा मोबाइल नम्बर सबैलाई उपलब्ध गराउनेछु । सुझावहरु एसएमएस इमेल र मेसेन्जर मार्फत पनि लिने व्यवस्था गर्नेछु ।
मैले गर्न नसक्ने कामहरु, समय र श्रोतको अभावले म निम्न काम गर्न सक्ने छैन । यसको लागि सबैसँग अग्रिम क्षमा चाहान्छु ।
जागीर खुवाउन नसक्ने
युवाहरुलाई उद्यमशील बनाउन भूमिका खेल्नेछु तर राजनीतिक पावर लगाएर जागिर खुवाउन सक्नेछैन । लोकतन्त्र भनेको प्रणालीले चल्ने शासन हो। पावरले होइन । त्यसैले जागीर सबैले आ,आफ्नो क्षमता अनुसार पाउनु पर्छ भन्नेमा म मरीमेटी लाग्नेछु तर पावरको भरमा कसैलाई जागीर दिलाएर लोकतान्त्रिक प्रणालीलाई मिच्ने काम गर्नेछैन ।
टिकट काट्ने र बाटो खर्च दिनसक्ने छैन
हवाई जहाजको टिकट, बस वा अरु कुनै सवारी साधनको टिकट काट्ने तथा बाटो खर्च दिन समय र श्रोतको अभावमा मबाट यो काम हुन सक्नेछैन ।
बिरामी हेर्न र मलामी जान भियाउने छैन
खोटाङका दुई लाखभन्दा बढी जनसंख्यामा प्रत्येकदिन हजारौंको संख्यामा बिरामी भई रहन्छन् । मेरो लागि सबै खोटाङे समान हुन् । प्रत्येक बिरामीलाई भेट्न अस्पताल पुग्न समयको अभाव हुन्छ । कसैलाई भेट्ने तर, सबैलाई नभेट्ने गर्दा समान व्यवहार हुन पनि सक्दैन । विरामी भएको सूचना पाएको अवस्थामा फोन सम्पर्क मार्फत प्रार्थना पठाउनेछु । उपचार सहयोगको लागि सक्दो प्रयत्न गर्नेछु । मलामीको पनि समस्या उस्तै हो । खोटाङमा दिनमा २० जनाले जन्म लिन्छन भने कम्तीमा १० जनाको मृत्यू हुन्छ । कसको मलामी जाने कसको नजान े?
पैसा सापटी दिन सक्ने छैन
मैँले कसैलाई आफूसँग भएको खण्डमा पैसा सापटीको सट्टा फिर्ता नहुने गरी सहयोग प्रदान गर्न सक्नेछु । तर, सापटीको रुपमा कसैलाई पनि पैसा दिन नसक्ने प्रष्ट पार्न चाहन्छु । मैले विगतमा सापटी लेनदेनमा मित्रताको धेरै सम्बन्धहरु विगार्न पुगेको हुँदा अब उपरान्त पैसा सापटी दिएर मानवीय सम्बन्ध विगार्न चाहन्न ।
अपराधी कृयाकलापलाई संरक्षण दिने छैन
अपराधी कृयाकलाप गर्ने दलको कुनैपनि सदस्य वा समर्थकलाई राजनीतिक शक्तिको संरक्षण दिने छैन । अन्यायमा परेका कसैलाई पनि न्याय दिलाउने काममा कन्जुस्याँई गर्ने छैन ।
सम्मान, बधाई र विजय सभा गर्न नसक्ने
विजय जुलुस, सभा, उत्सव, अविर, फूलमाला, खादा लाएर मतदाता मालिकहरु तथा सर्वसाधारण जनताको अगाडी ठूलोठालु भएको आडम्बर प्रस्तुत गर्ने छैन । चुनाव जितेको खण्डमा म आफूलाई जनताको सेवक ठान्ने भएकोले जनताको महत्वपूर्ण काममा समय दिन चाहन्छु । मलाई सम्मान र बधाई जस्ता कुनैपनि कार्यक्रम नगरीदिन हुन आज नै विनम्र अनुरोध गर्दछु । गाउँ, नगर र समग्र जिल्लाको हितको लागि गरिने सल्लाह सभाहरु गर्न र सहभागी हुनभने अवश्य पछि पर्ने छैन । आजको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology