समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रमले सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक गन्धर्व गीति यात्रा सुरु गरेको छ।
सकेसम्म स्वदेशमै रोजगार गरौ, सकिन्दैन भने सीप र ज्ञान सिकेर मात्रै बैदेशिक रोजगारमा जाउँ भन्ने जनचेतना फैलाउँदै आएको सामीले सोमबारदेखि सुरक्षित बैदेशिक रोजगार सम्बन्धी गन्धर्व गीति यात्रा थालनी गरिएको सामी कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए । आचार्यका अनुसार गीति यात्रा नगरपालिकाको १५ वटै वडामा पुग्नेछ।
गीति यात्राको पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको कार्यकक्षमा उपमेयर बिसन राई, शाखा प्रमुख कर्मचारी विचमा गन्धर्वद्धयले चेतनामूलक गीत गाएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालयको प्राङगणमा गीत गाउन लगाईएको आचार्यले बताए। गन्धर्व गीत सुन्नमा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईको पनि उपस्थिती थियो।
गीति यात्राका लागि तेजिन्द्र गन्धर्व र हिमाल गन्धर्वलाई ल्याईएको छ। उनीहरुले प्रत्येक वडामा कम्तीमा ४/५ वटा बैदेशिक रोजगार सम्बन्धी जनचेतना फैलाउने गीतहरु गाउनेछन्। बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/२०८० को साउनदेखि हालसम्म खोटाङबाट ८ हजार ३४० जना श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन्।
हेर्नुहोस खोटाङबाट विदेश जानेहरुको मासिक तथ्यांक।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology