चिसाङ शेर्पा खोटाङ,संस्कृती, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले साना तीनवटा जहाज किन्ने प्रक्रियामा सरकार अघि बढेको बताउनुभएको छ। खोटाङको सदरमुकाम दिक्तेलबजारमा अग्नि नियन्त्रक(फायर हाईड्रेन्ट)को बिहीबार बिहान उदघाटन कार्यक्रममा बोल्दै अब तीनवटा जहाज ल्याउने बताउनुभएको हो।
मन्त्री किरातीले तीनवटा जहाज ल्याएपछि उतै उड्ने गरेर पश्चिममा दुईवटा, पूर्वी नेपालको विराटनगरमा एउटा र काठमाण्डौमा दुईवटा राखिदिएर गौचरणमा परिणत भएका सबै विमानस्थलमा एकैजना सुत्केरी, एकैजना यात्रु भए पनि जहाज उडाउने बताउनुभयो।
साना दुईवटा जहाजमध्ये अहिले एकवटा जहाज बिग्रिएर ग्राउण्डेड छ। बिग्रिएकालाई छिटो बनाउन निर्देशन दिएको छु। छिटो बनाउँदा पाँच करोड खर्च हुन्छ रे, ढिलो बनाउँदा ५० लाख जतिमा बन्छ रे, अब के भन्ने पाँच करोड खर्च गर भन्ने कि ढिलो बनाउ भन्ने आफै दुविधामा छु। मन्त्री किरातीले भने । त्यही हुँदो रहेछ जहाजको।
जहाज भनेको कुखुराको पोथी हैन रहेछ, कोरली बाख्रा हैन रहेछ जहाज रहेछ नि। एउटै चक्कालाई करोडौ पर्ने अनि पो नेपालमा चक्का हराउँदो रहेछ। चक्का हराउनुको कारण त्यो रहेछ नि। त्यसकारण गाह्रो छ। असंम्भव छैन। हामी संम्भव गरेर देखाउँछौ। एकैजना यात्रु भए पनि उडाउने गरी लाग्नेछौ।
जहाज नहुँदा लामिडाँडा विमानस्थल जस्तै २२ वटा विमानस्थल गौचरणमा परिणत भएको मन्त्री किरातीको भनाई छ। विमानस्थल किन गौचरणमा परिणत भयो ? जहाज नभएर हो। जहाज नहुनुमा जहाजमा धेरै भ्रष्टचार भयो, पापीका हातहरु, आँखाहरु लागे, लुट्नैसम्म लुटिए, खानेपिउने, रमाउने ठाउँ भए पापीहरुको।
जहाज किन्ने प्रक्रिया बढेपछि संसारभरीबाट पापी मनहरुले घेराबन्दी गरिरहेको छ। जहाज किन्न नदिन, तपाईहरुको साथ पाए भने प्रक्रिया र प्रणालीमा पारदर्शी गरेर पाँच पैसा घोटाला हुन नदिने गरी तीनवटा जहाज अब ल्याउँछौ,ल्याउँछौ। मन्त्री किरातीले प्रतिवद्धता जनाए।
इटिकेटिङदेखि सबै कुरा व्यवस्थित गर्दै ल्याउँदा, कर्मचारी संयन्त्र टाइट गर्दा, मन्त्री स्पष्ट र पारदर्शी हुँदा ४८ अर्व ऋणमा तीन महिनामा चार अरब ऋण घटाईएको, भैरहवा–क्वालालम्पुर ११ हजारमा उडाउनेमा पुगिएको, बेहोस भएर भेन्टिलेटरमा सुतिरहेको जहाजकोे उपचारमा सरकार लागिरहेको उहाँको भनाई थियो।
मन्त्री किराती बुधबार गाडीबाट खोटाङ आएका हुन्। हिजै लफ्याङमा लाफेहँछाको वंशावली उद्घाटन गरेका उनले आज हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र अर्खोलेको सिमानामा अवस्थित किरातीहरुको आदिम भूमि तुवाचुङ जायजुमडाँडामा दिउँसो साकेला सिली उद्घाटन गर्ने कार्यक्रम छ। मन्त्री किरातीले हलेसी र मझुवागढी भ्रमण गरेका थिए। उनी आजै काठमाण्डौ फर्कनेछन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology