• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भदौवाटै रामायणका कथा लेख्नेदेखी, देउसी समुह निर्माण गरिन्थ्यो–ओम प्रकास घिमिरे

भदौवाटै रामायणका कथा लेख्नेदेखी, देउसी समुह निर्माण गरिन्थ्यो–ओम प्रकास घिमिरे

एकसय रुपैयाँको नोटले ल्याएको खुशी मलाई मात्र थाहा छ


चिसाङ शेर्पा
  • शुक्रबार, कार्तिक ३ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷३ खोटाङ,

    ‘यसै घरका गाईवस्तु गोठ, हिड्दामा खेरी ताँतीका–ताती महुरेमाथी होईमा रहुंन् । कुखुरा चल्ला परेवा मल्ला वस्दामा खेरी पृथ्वी ढाकुन, उड्दामा खेरी आकाश छाउँन् देउसीरे–देउसीरे…!’

     

    वाल्यकालमा वर्षभरीकै सवैभन्दा रमाईलो दिनको रुपमा तिहारको देउसी भैलो नै हुने गथ्र्येा । वर्षभरीको मिठो पर्खाइ तिहारको देउसी खेल्नकै लागि हुन्थ्यो । भाद्र महिनादेखी नै कापीमा रामायणका कथा लेख्नेदेखी, देउसीका समुह निर्माण गर्ने गरिन्थ्यो । रामायण लेख्ने र भट्याउने नेतृत्व प्राय मैले नै गर्थे । नेकपा एमाले निटक अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष तथा रुपाकोट मझुवागढी नगरपालिका वुईपा–१४ का ओम प्रकास घिमिरेले घतलाग्दो तिहारको सम्झना सुनाए ।

    देशैभरी छाएको सुर्य जस्तै, सबैको ओठमा खुशी छाओस,
    ननीभोस आशाको दियो, भैरहोस दीपावली देशै उज्यालो हुने गरी
    फुलेका फुलहरु नओइलाउन गलाहरुमा,गाँसीएको माला नछीनोस युगौ सम्म ।

    नेपाली साहित्यमा क्षेत्रमा समेत अव्वल घिमिरेले मन्त्रमुग्ध हुंदै फोनवाटै आफ्ना विगत सुनाउन कस्सिए ‘खाशमा त्यो वेला हामी कसले वढि दान दिन्छ, कसले वढि पैसा दिन्छ, उसैका घरमा धेरै आशिष दिने गथ्र्यौ । सवैभन्दा धेरै पैसा दिने भएको कारण हामी सुरुमा बुईपाको फेदी भन्ने गाउँमा देउसी खेल्न जान्थ्यौ ।’

     

    देउसी खेली सकेपछि दानस्वरुप आएको पैसा वाँड्ने । भट्याउनेलाई अलिक वढि पैसा राख्ने गथ्र्यैा । आफु भट्याउने भएकाले अरुको भन्दा अलिक वढि पैसा मेरै भागमा पर्दथ्यो । खुशी लाथ्यो । आहा ! तिहार

     

    ‘तिहारको रौनकतामा मादल वोक्नेलाई पाँच रुपैयाँ दिने गर्दथ्यो । ५ रुपैयाँको नदिए मादल वोक्ने साथी नै हुदैन थिए, क्या गज्जव थियो त्यो समय । पुरानो संस्कारले ८ अथवा १२ जना हिड्न हुंदैन भन्ने चलनले अझै पनि छोडेको छैन । त्यही कुसंस्कारले देउसी खेल्न जान लाग्दा ८ जना भेला भएछौ । सवै मिलेर एकजना साथीलाई जर्वजस्ती फर्कायौ खेल्न जानै दिएनौ, त्यो दिन सम्झेर आज पनि मलाई नमिठो लाग्छ ।’

     

    वर्ष दिनमा आउने तिहार भन्ने वितिक्कै पुराना यादहरु यादगर वनाईदिन्छ ‘देउसीका दिन एकजना शिक्षक कहाँ देउसी खेल्दै गर्दा सरले दान निकाल्नु भएको नाङलोमा १ सयको नोट राखिदिए । मैले देउँसी भट्याउदा करीव सयचोटी भन्दा धेरै नाङलो र नोटलाई धेरै हेरे । त्यो दिन जती खुशी म, आजसम्म कुनै पनि दिन हुन सकेको छैन । खुशी भएको त्यो पल सम्झेर अहिले पनि देउसी खेल्ने केटाकेटी मेरो घरमा आएको वेला १ सय रुपैयाँको नोट लगाईदिने गर्छु । ति केटाकेटीहरु पनि म जस्तै त हुन् । उनीहरुलाई पाि मलाई झै एकसय रुपैयाँको नोटको महत्व हुन्छ होला । सयको नोटले ल्याउने खुशी मलाई मात्र थाहा छ ।’

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology