समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिका–१ कुभिण्डे दम्कुस्थित गोपिनीमा साङ्गे छयोइलिङ गुम्बा उद्घाटन गरिएको छ।
बुधबार रावाबेंशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ र उपाध्यक्ष कौशिला गुरुङले संयुक्त रुपमा गुम्बाको उद्घाटन गरेका हुन्।
रावाबेंशी गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित ४ लाख, आर्थिक वर्ष २०७९/०८० मा विनियोजित ६ लाख र ४५ जना दाताबाट संकलित ९ लाख ७५ हजार ११० रुपैयाँमा एकतले गुम्बा निर्माण गरिएको गुम्बा निर्माण उपभोक्ता समिति सचिव पर्शुराम तामाङले जानकारी दिए।
गाउँपालिका र दाताबााट संकलित कूल १९ लाख ७५ हजार ११० रुपैयाँ बजेटबाट गुम्बा निर्माण, बुद्धकोसहित तीनवटा मुर्ती खरीदमा खर्च भई ६० हजार १३० रुपैयाँ बजेट बाँकी रहेको तामाङले बताए। बाँकी बजेट गुम्बा वरपर घेराबारा, शौचालय, पिउने पानी लगायतमा खर्च गरिनेछ।
गुम्बा निर्माणका लागि स्थानीय मन बहादुर गुरुङ र टीका माया गुरुङले निशुल्क एक रोपनी जग्गा दान गरेका हुन्। गुम्बा सञ्चालन भएसँगै बौद्ध धर्मावालम्बीहरुको जन्म र मृत्युको संस्कार संस्कृती अनुसार पूजापाठ गर्न सजिलो हुने जनाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology