समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई समायोजन खबर डटकमले पाँच प्रश्न सोधेको छ। प्रमुख प्रशासकीय अधिकृतसँग गरिएको कुराकानीको संम्पादित अंश।
वडा कार्यालयमा सचिवहरु किन नबसेको हो ?
प्रत्येक वडामा करीव सचिव पुग्नेगरी पठाएका छौ। अहिलेसम्मको अवस्थामा वडामा सचिवहरु बस्दैनन् भनेर वडाध्यक्षहरुले नभनेको हुँदा सचिवहरु वडामै बसेर काम गरिरहेका छन भन्ने बुझ्दछौ।
वडामा खटाईएका प्राविधिकहरु वडामा बस्दैनन् भन्ने गुनासो छ, किन ?
प्रत्येक वडामा एकजना प्राविधिक नपुगी रहेको अवस्था छ। केहीमा वडा र नगरपालिका हेर्नेगरी प्राविधिक खटाएका छौ। तर, अधिकांश वडाहरुमा वडा मात्रै हेर्नेगरी प्राविधिक खटाईएको हुँदा त्यहाँ वडामा बसेर गर्ने कामहरु गर्नुहुन्छ। तर, कहिले काँही त्यहाँ बनाईएका कागजात नगरपालिकामा लिएर आउनुपर्ने हुन्छ।
त्यो बेला वडा छोडेर आएको हुनसक्छ। वडाध्यक्षहरुलाई हामीले कार्यपालिका बैठकबाट पनि तपाईहरुका लागि खटाईएको प्राविधिकलाई काममा लगाउने र नियन्त्रण गर्ने जिम्मा हो भनेका छौ। त्यसो हुँदा वडाध्यक्षहरुले आफ्नो वडाको काममा खटाउनु हुन्छ भन्ने हाम्रो विश्वास छ।
स्वास्थ्य चौकीहरुमा खटाईएका कर्मचारी सरुवा भएको महिनौ बित्दा पनि स्वास्थ्य चौकीमा हाजिर नहुनुको कारण के हो ?
अधिकांश स्वास्थ्य संस्थाहरुमा खटाईएका कर्मचारीहरु हुनुहुन्छ । अपवादमा एकादुई कर्मचारी नखटेको हुनसक्छ । त्यस्तो छ भने स्वास्थ्य शाखाका कर्मचारीहरुलाई को कर्मचारी खटेको छ, वा छैन के हेरेर के कारवाही गर्नुपर्छ त्यहीबाट टुङग्याउनु, मसँग आउनुपर्छ भने त्यो विवरण लिएर आउनु, हामी त्यसलाई समाधान निकाल्छौ भन्ने कुरा भईसकेको छ।
दिक्तेल र खाल्ले किन एउटै सचिवले हेरिरहेको हो ?
दिक्तेल र खाल्लेको विषयमा पनि कार्यपालिका बैठकले निर्णय गरिसकेको छ। दिक्तेल र खाल्लेको एउटै वडा सचिवले दोहोरो जिम्मेवारी निर्वाह गर्नुभएको छ। विगतको अवस्थामा कर्मचारी हामीसँग कर्मचारी अभावले एउटौ वडा सचिवले काम गराएका थियौ। अहिले त्यो अवस्था सुधार भएको छ। हामीसँग थप कर्मचारी आएको छ। त्यसले गर्दा एउटा वडामा मात्रै त्यो अवस्था भएको हो।
त्यसमा पनि को कर्मचारी खटाउने भनेर कार्यपालिकाले निर्णय गरिसकेको अवस्था छ। केही दिनमा त्यहाँ खटाईएका कर्मचारी जानुहुनेछ, एउटा वडा, एउटा सचिवले कार्य सम्पादन गर्ने अवस्था आउनेछ।
एउटा योजनाको काम सम्पन्न गरी भुक्तानी लिन महिनौ लाग्छ भन्ने गुनासो छ, कारण के होला ?
सामान्यतः कार्यालयमा योजनाको भुक्तानीका लागि जुनसुकै उपभोक्ता समिति वा निर्माण व्यवसायीले पु¥याउनुपर्ने आवाश्यक कागजात पुगेको छ भने त्यही दिन भक्तानी हुन्छ। ढिला हुदैन।
तर, कहिलेकाँही उहाँहरुले पु¥याउनुपर्ने कागजात नपुगेको अवस्था, अनुगमन समितिले अनुगमन गर्न बाँकी रहेको अवस्था र कार्यालयलाई कुनै शंका लागेर थप अनुगमन गर्नुपर्ने अवस्था बाहेक नगरपालिकाले भुक्तानी ढिला गरेको छैन । भुक्तानी छिट्टै हुन्छ।
कहिलेकाँही माथि भनिएका कुराहरु भएमा सम्बन्धित वडामा गएर, कार्यस्थलमा हेरेर विस्वस्त भएपछि भुक्तानीका लागि प्रक्रिया अगाडी बढ्छ, यसलाई प्रक्रियामा रहेको बुझ्नुपर्ने हुन्छ। भुक्तानीमा ढिलाई भएको भन्न मिल्दैन । किनभने सबै कागजात पुगेमा त्यही दिन भुक्तानी गर्ने अवस्थामा छौ।
हेर्नुहोस भिडियो,https://www.facebook.com/samayojankhabar/videos/216447387801103
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology