• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

३२ जिल्लामा एमालेका उम्मेदवार को–को टुंगो लागे ? खोटाङमा भट्टराई र राईमध्ये एक छान्न एमालेलाई समस्या

३२ जिल्लामा एमालेका उम्मेदवार को–को टुंगो लागे ? खोटाङमा भट्टराई र राईमध्ये एक छान्न एमालेलाई समस्या

शुक्रवार साँझसम्म उम्मेदवारको टुंगो लगाइने


समायोजन खवर
  • बिहिबार, कार्तिक २ २०७४

  • फाइल तस्विर ।

     

    समायोजन खवर कात्तिक २, काठमाडौं,

    नेकपा एमालेले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बिहीबार रातिसम्म टुंगो लगाउने गरी गृहकार्य थालेको छ । सर्वसम्मत रुपमा सिफारिस भएर आएका ठाउँ बाहेक अन्यत्र उम्मेदवार तय गर्न शीर्ष नेता आन्तरिक छलफलमा छन् ।

     

    पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभातर्फका उम्मेदवारहरु धेरै ठाउँमा सर्वसम्मत भएकाले धेरै समस्या छैन । तर, केही प्रभावशाली नेताको क्षेत्र माओवादीले पाउने भएपछि सन्तुलन मिलाउन समस्या परेको एक पदाधिकारीले बताए ।

     

    पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रमध्ये आधा भन्दा बढिमा सर्वसम्मत एकमात्र नाम आएकाले स्थायी कमिटीले बिहीबार नै टुंगो लगाउने सम्भावना छ । बाँकी ठाउँमा मात्र छलफल हुने बताइएको छ ।

     

    पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ को ताप्लेजुङमा एमालेले सचिव योगेश भट्टराइलाई उम्मेदवार बनाउने निश्चित छ । प्रदेशसभाको १ नम्बरमा जिल्ला अध्यक्ष बलवहादुर साम्सोहाङको नाम टुंगो लगाउने स्रोतले जनायो । त्यस्तै पाँचथरमा प्रतिनिधिसभामा बसन्तकुमार नेम्वाङको नाममा सहमति जुटेको छ । प्रदेशको एक नम्बर क्षेत्रमा टुंगो लागेको छैन ।

     

    संखुवासभामा राजेन्द्र गौतम,गुप्तवहादुर श्रेष्ठ लगायतको दावी छ । संखुवासभा माओवादीलाई दिएर भोजपुर लिन एमाले नेतृत्वलाई दबाब बढिरहेको छ । तर माओवादीले भोजपुरमा प्रतिनिधिसभाको सिट नछाड्ने भएको छ ।

     

    ओखलढुंगामा यज्ञराज सुनुवारको नाम सर्वसम्मत भएको छ । प्रदेश १ मा जिल्ला कमिटी सदस्य अम्बिरबाबुर गुरुङ उम्मेदवार बन्ने भएका छन् । सोलुखुम्बु एमालेले पाउँदा जिल्ला अध्यक्ष मानवीर राई उम्मेदवार बन्ने सहमति भएको एमाले स्रोतले जनाएको छ ।  त्यहाँ माओवादीले प्रतिनिधिसभाको दावी बुधवार रातिसम्म पनि कायमै राखेको छ । प्रदेश २ मा एमालेले बुद्धिकुमार राजभण्डारीलाई उठाउने भएको छ ।

     

    उदयपुर १ माओवादीले पाउँदा २ नम्बरमा जगन्नाथ खतिवडा उम्मेदवार बन्ने भएका छन् भने खोटाङमा विशाल भट्टराई र राजन राईमध्ये एक छान्न एमाले नेतृत्वलाई समस्या परेको छ । प्रदेश नम्बर ३ मा पहिलो चरणमा चुनाव हुने मध्ये रामेछापमा एमालेले प्रतिनिधिसभा माओवादीलाई छाड्न सहमत भएको छ ।

     

    प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष शान्ति पौडेलको नाम टुंगो लागेको स्रोतले जनाएको छ । २ नम्बरमा होम बुढाथोकी,रत्न गौतम र ज्ञानकुमार श्रेष्ठको नाममा छलफल भइरहेको छ ।

     

    दोलखामा प्रतिनिधिसभातर्फ पोलिटव्यूरो सदस्य पशुपति चौलागाई र केन्द्रीय सदस्य पार्वत गुरुङमध्ये एकजना नाम आजै टुंगो लाग्ने प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले बताइन् । प्रदेश २ एमालेले पाउने र त्यहाँ लालकुमार केसी र बालकृष्ण शिवाकोटीमध्ये एक उम्मेदवार बन्नेछन् ।

     

    नुवाकोटमा क्षेत्र नम्बर २ एमालेको भागमा परेको छ । सो क्षेत्रबाट पोलिटव्यूरो सदस्य महेन्द्रवहादुर पाण्डे उम्मेदवार बन्ने भएका छन् । त्यस्तै धादिङ २ मा जिल्ला अध्यक्ष भूमि त्रिपाठीलाई उम्मेदवार बनाउने गरि नेताहरुबीच सहमति भएको छ ।

     

    पहिलो चरणमा चुनाव हुने रसुवाबाट प्रतिनिधिसभामा एमालेले यसअघि निर्वा्चित सांसद जनार्दन ढकाललाईनै उम्मेदवार बनाउने भएको छ । प्रदेशमा एउटा क्षेत्र पाउँदा जिल्ला अध्यक्ष कर्णेल लामा उम्मेदवार बन्ने भएका छन् । एमालेले प्रदेश नम्बर ४ का पहिलो चरणमा चुनाव हुने जिल्लामध्ये मनाङमा जिल्ला अध्यक्ष पाल्देन गुरुङलाई उम्मेदवार बनाउने भएको छ । लम्जुङमा पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बन्ने भएका छन् । तर त्यहाँ माओवादीका देव गुरुङ उठाउन एमाले नेतृत्वसँग आग्रह गरेको छ ।

     

     

    मुस्ताङमा प्रेम गौचनलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने एमाले स्रोतले जनाएको छ । बागलुङमा एउटा मसाललाई छाड्ने गरि छलफल चलेकाले उम्मेदवारको टुंगो लाग्न सकेको छैन । म्याग्दी माओवादीले पाउने भएको छ । ६ नम्बर प्रदेशमा पहिलो चरणमा चुनाव हुने मध्ये एमालेले डोल्पामा धनवहादुर बुढा र मुगुमा गोपाल बमको नाम टुंगो लगाएको छ ।

     

     

    ७ नम्बर प्रदेशमा पहिलो चरणमा चुनाव हुनेमध्ये बझाङमा भानुभक्त जोशी,बाजुरामा जिल्ला अध्यक्ष लालवहादुर थापा,दार्चुलामा केन्द्रीय सदस्य गणेश ठगुन्ना र वैतडीमा पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले टिकट पाउने एमाले स्रोतले जनाएको छ ।  पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभातर्फ अधिकांश ठाउँबाट एकमात्र उम्मेदवारको नाम आएकाले स्थायी कमिटीले निर्णय गर्नमात्र बाँकी रहेको महासचिव इश्वर पोखरेलले बताए । एक भन्दा बढि नाम आएको ठाउँका बारेमा संस्थागत निर्णय हुने उनले जानकारी दिए ।

    ढिलोमा शुक्रवार साँझसम्म उम्मेदवारको टुंगो लगाइने एमालेले जनाएको छ । साभार, अनलाईन खवर

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology