• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नुनथला युवा सेवा समाज नेपालको उद्घाटन, को–को छन् समाजमा !

नुनथला युवा सेवा समाज नेपालको उद्घाटन, को–को छन् समाजमा !

विविध सांस्कृतिक कार्यक्रम समापन


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक १ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷१ खोटाङ,

    वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज नेपाल’ नुनथलाको तिहार विशेष कार्यक्रमको आयोजनासंगै विधिवत रुपमा संस्थाको उद्घाटन गरिएको छ ।

     

    कार्यक्रमका विशेष अतिथि तथा साविक नुनथला ९ का स्थानिय समाजसेवी विशाल गोम्देनले जालपा माविको प्राङगणमा संस्थाको व्यानर खोली संस्था उद्घाटन गरेका हुन । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेका युवायुवती, अभिभावक लक्षित विभिन्न शन्देसमुलक कार्यक्रम तथा विकास निर्माणमा टेवा पु¥र्याउने हेतुले सुरु गरिएको युवा समाजले गत कार्तिक ३० देखी साविक वडा स्तरिय पुरुष तथा महिला भलिवल, टेवल टेनिस र नृत्य प्रतियोगिता गराई बुधवार संस्था उद्घाटन गरेका हुन् ।

    जालपा माविको प्राङगणमा सञ्चालन भएको साविक वडा स्तरिय भलिवलमा वडा नं २ धौलाङ प्रथम, वडा नं. १ महुरे दितिय र वडा नं. ७ खाम्ला तृतिय भएको थियो । टेवल टेनिसतर्फ हेम विक्रम राई पहिलो, उज्ज्वल राई दोस्रो, साईमान तामाङ तेस्रो भएका थिए ।

     

    भलिवलका विजयी टिमले क्रमशः १५ केजी खशी, १० केजीको २ वटा कुखुरा भाले र ५ केजी कुखुरा भाले पाएका छन् । टेवल टेनिसका प्रथम, दितिय र तृतियले २ हजार, १५ सय र १ हजार नगद पाएका छन्् । नृत्यमा सहभागी ७ टिमलाई दामासायी रुपमा प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष शुक्र तामाङले बताए ।

    विजेता खेलाडी तथा नृत्याङगनालाई युवा तथा समाजसेवी विशाल गोम्देन र रुपाकोट हलेसी यातायात व्यवसायी संघका अध्यक्ष महेश तामाङ र वडाध्यक्ष भीम राईले तिहारको शुभकामना सहित पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा समापन भएको हो ।

    को–को छन् समाजमा !

    पुरानो कार्य समितीलाई भंग गर्दै नयाँ कार्य समिती निर्माण गरिएको नुनथला युवा सेवा समाजमा ११ सदस्य रहेको छ । समितकिो अध्यक्षमा शुक्र तामाङ, उपाध्यक्ष लक्ष्मण राई, सचिव जयन राई, सहसचिव हेम कुमार राई, कोषाध्यक्ष आरती राई, सह–कोषाध्यक्ष प्रमोद राई रहेका छन् । गत कार्तिक २६ गते वैधानिक रुपमा दर्ता भएको समाजको सदस्यहरुमा शुष्मा तामाङ, रचना राई, सुजता राई, नरेश मोक्तान र सुनिल राई रहेका छन् ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology