• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविर हुने

केपिलासगढी गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविर हुने


समायोजन खबर
  • आइतबार, चैत्र १९ २०७९

  • शिविर सञ्चालनका विषयमा छलफल गर्नुहुंदै गाउँपालिका अध्यक्ष समिर राई,उपाध्यक्ष गुरुराज राई लगायत।

    समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजना तथा काठमाण्डौ मेडिकल कलेज काठमाण्डौको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो।

    पृथ्वी मावि बाक्सिलामा बैशाख ४ र ५ गते हुने स्वास्थ्य शिविरमा शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक,कान, घाटी, आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, न्युरो सर्जरी, मिर्गौला रोग, मुटु रोग लगायत १६ किसिमको रोगको जाँच तथा उपचार हुनेछ।

    शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली बाक्सिला आउने छन् । शिविरमा आवश्यक पर्ने औषधिको गाउँपालिकाले व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष समिर राईले बताए।शिविर सञ्चालनका लागि छलफलमा सहभागीहरु ।

    शिविरमा महिला, दलित वर्ग तथा दिर्घ रोगीहरुलाई प्राथमिकता दिने र बाँकी समयमा अन्य विरामीलाई प्राथमिकता दिईनेछ। शिविरबाट शल्यक्रिया गर्नुपर्ने विरामी पहिचान भए काठमाण्डौ मेडिकल कलेजमा निशुल्क उपचार गरिदिने गाउँपालिका अध्यक्ष राईले बताए।

    शिविरमा धेरैलाई सुविधा दिलाउनका लागि शिक्षकहरुले, विधार्थीहरुलाई र स्वास्थ्य शाखाहरुले स्वयमसेविकाहरुलाई प्रचारप्रसार गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology