• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मझुवागढीमा धर्मशाला निर्माण हुने

मझुवागढीमा धर्मशाला निर्माण हुने


समायोजन खबर
  • बुधबार, चैत्र १५ २०७९

  • धर्मशालाको शिलान्यास गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई।

    समायोजन खबर खोटाङ,खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिषरमा भजनगृह (धर्मशाला) निर्माण गरिने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने मन्दिर परिषरमा २० कोठा र एउटा हल हुने चार तले धर्मशाला निर्माण गरिने भएको हो।

    २०७४ चैत १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट संकलन भएको ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको ४२ लाख बैंकमा जम्मा गरेको र सोको व्याज सहित ५६ लाखको लागतमा भजनगृह (धर्मशाला) निर्माणको तयारी गरिएको हो। भजनगृहको बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले शिलान्यास गरेका छन्। भजनगृह (धर्मशाला)का लागि अपुग बजेट नगरपालिका, प्रदेश र संघीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताए।

    नियमित भजनकिर्तनको व्यवस्था एबं कालिका भगवती देबिस्थान एवं मझुवागढीका ऐतिहासिक र पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामस्थलको व्यवस्थाका लागि भजनगृह (धर्मशाला) निर्माण सुरु गरिएको हो।

    मझुवागढीमा वात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ। मझुवागढीमा पानीको व्यवस्थाका लागि शहरी विकास मन्त्रालयबाट २०७२ सालमा बिनियोजित एक करोड ४४ लाखमा खानेपानी योजनाको काम अघि बढाइएको हो। खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पुरा हुने समितिले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology