• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रावाखोला लघु जलविधुत योजना ‘मिटरबक्स काण्ड अफवाह’

रावाखोला लघु जलविधुत योजना ‘मिटरबक्स काण्ड अफवाह’

योजना ४५ लाख ऋणमा


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक १ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक÷१ खोटाङ,

    रावाखोला लघु जलविधुत योजनाको मिटरबक्स काण्डमा जलविधुत समितीले पैसा लुट्नका निम्ति महंगो शुल्कमा मिटरवक्स जडान गर्ने भन्ने कुरा अफवाह भएको पुष्टि भएको छ ।

    “३ करोड १० लाखमा सम्पन्न योजनामा १ करोड १५ लाख श्रमदान हुंदा समेत योजना अहिले ४५ लाख ऋणमा रहेको रावाखोला लघु जलविधुत योजनाका सचिव युवाराज सुनुवारले बताए ।”

    ७ वर्ष अघि शुरु भएको लगु जलविधुत योजना महिनादिन अघि समापन भई हाल परिक्षण प्रशारण भईरहेको अवस्थामा विधुत उपभोक्ताहरुले अनिवार्य मिटर जोडेपछि मात्रै वत्ती वाल्न पाउँने निमय लगाईएपछि मिटर जडान गर्ने वहानामा समितीले उपभाक्ताको ढाड सेक्नेगरी अत्याधिक मात्रामा पैसा असुल्ने भनि चौतर्फी विरोध भएको थियो । योजनाले ५ सय ३२ घरधुरी लाभान्वित हुनेछ ।

     

    रावाखोला जलविधुत योजनाको केन्द्रिय कार्य समितिले डेढ हप्ता अघि काठमाण्डौमा वैठक गरेर प्रतिघरका लागि ३ हजार रुपैयाँमा मिटरवक्स जडान गर्ने निर्णय गरेको थियो । ३ करोड १० लाखमा सम्पन्न योजनामा १ करोड १५ लाख श्रमदान हुंदा समेत योजना अहिले ४५ लाख ऋणमा रहेको रावाखोला लघु जलविधुत योजनाका सचिव युवाराज सुनुवारले बताए ।

     

    केन्द्रिय प्रशारणको विधुतमा मिटरबक्स जडान गर्दा २१ सय लाग्छ त्यो सही हो । उसले मिटर मात्रै दिएका छन् । तर, हाम्रो योजनाले उपभोक्तालाई मिटर, कभर, ४ वर्षे पासवुक, प्राविधिक सेवा (मिटर जडान) सिलवन्दी शुल्क, योजना प्रोफाईल, कम्प्युटर सेटिङका लागि भनेर समितिले तीन हजार तोकेको तर, यहाँका स्थानीयले गलत बुझेका हुन् । सचिव सुनुवारले थपे ।

     

    उनले भने ‘३ हजार तोकिएकोमा मिटर जडानका सवै काम सकिदा लगभग तीनचार सय वचत हुन्छ । समितीले त्यसलाई जम्मागरी ४५ लाख ऋणलाई घटाउँने छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology