समायोजन खबर खोटाङ, कोशी प्रदेश नामाङ्कनको विरोधमा खोटाङमा दुई घण्टा चक्काजाम गरिएको छ। किरात राई यायोक्खा खोटाङले बिहीबार दिक्तेलको रत्नपार्क जिरो प्वइन्ट सडकमा शान्तिपूर्ण चक्काजाम गरेको हो।
चक्काजाम कार्यक्रमलाई आदीवासी जनजाती महासंघ लगायत पहिचान पक्षधरहरुले साथ दिएका थिए। चक्काजामपछि किरात प्रदेश प्राप्तीको संयुक्त संघर्ष समिति गठन गरिएको छ।
रबिन खम्बुको नेतृत्वमा गठन गरिएको संघर्ष समितिले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई जिल्ला प्रवेशमा निषेध, सार्वजनिक कार्यक्रममा प्रवेश निषेध र कोशी प्रदेश नाममा मतदान गर्ने राजनीतिक पार्टीको कार्यालयमा कालो झण्डा गाड्ने कार्यक्रम तय गरेको छ।
बुधबार प्रदेश १ को नाम ‘कोशी प्रदेश’ प्रदेशसभाबाट पारित भएको थियो। प्रदेशको नामाकरण भए लगत्तै जिल्ला समन्वय समितिको गेट नजिक पहिचान पक्षधरहरुले प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कांग्रेस संसदीय दलका नेता उद्धब थापा र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङबोको पुत्ला दहन गरेको थियो।
सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको थियो।
सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको र विपक्षमा चार जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology