• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उपमेयर राईले पत्रकारको मानमर्दन गरेकोमा महासंघको गम्भिर ध्यानाकर्षण

उपमेयर राईले पत्रकारको मानमर्दन गरेकोमा महासंघको गम्भिर ध्यानाकर्षण


समायोजन खबर
  • शुक्रबार, माघ ६ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले पत्रकारको मानमर्दन गरेकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

    शुक्रबार महासंघका अध्यक्ष दिलीप खत्रीले प्रेस विज्ञप्ति जारी गर्दै जायजुम अनलाइनमा समाचार प्रकाशित भएकै कारण उपमेयर राईले बिहीवार आफ्नो कार्यकक्षमा पत्रकारहरुलाई बोलाएर पत्रकार र पत्रकारिता पेशाको मानमर्दन हुने गरी प्रस्तुती देखाएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।

    ‘प्रकाशित समाचार अनुचित लागेमा खण्डन गर्ने, सम्बन्धित सञ्चारमाध्यमले खण्डन प्रकाशित नगरेमा कानूनी उपचारमा जाने प्रावधान हुँदाहुँदै उपप्रमुख जस्तो गरिमामय ओहदामा आशीन सम्मानित व्यक्तित्वबाट गुहु खुवाएर सत्कार गर्छु, पत्रुकार प्याउसो, पत्रुकार केटो, पत्रुकार फुच्चे जस्ता शब्दहरु प्रयोग गरेर पत्रकारलाई गालीगलौज गरेकोप्रति महासंघ खेद प्रकट गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।

    उपमेयर राईले यसभन्दा अगाडि पनि पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत अभद्र शब्दहरु सम्प्रेषण गरेको र पत्रकार सम्मेलनमा राईले बोलेका लवजको रेर्कड र उनले सामाजिक सञ्जालमा पटक–पटक उल्लेख गरेका क्रियाप्रतिक्रियाहरु पत्रकार महासंघसँग सुरक्षित रहेको विज्ञप्तिमा जनाईएको छ। स्थानीय नेतृत्व र सञ्चार क्षेत्रवीच साविक रुपमा सौहार्दता कायम गर्न महासंघले आग्रह गरेको छ।

    यसैविच, पत्रकार महासंघ खोटाङ शाखाका निर्वाचित सदस्य तथा जायजुम अनलाइनका सञ्चालक दिवस रिजाललाई सत्यतथ्य तीन दिनभित्र महासंघमा लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ। रिजाललाई महिना दिन निगरानीमा राख्ने महासंघले निर्णय गरेको छ।

    हेर्नुहोस प्रेस विज्ञप्ति

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology