• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६ वर्षदेखि लामिडाँडा विमानस्थलमा छैन उडान,व्यापार व्यवसाय शुन्य

६ वर्षदेखि लामिडाँडा विमानस्थलमा छैन उडान,व्यापार व्यवसाय शुन्य


समायोजन खबर
  • शनिबार, पौस १६ २०७९

  • कालोपत्रेपछिको लामिडाँडा विमानस्थल।

    समायोजन खबर खोटाङ,जिल्लाकै सबैभन्दा पूरानो लामिडाँडा विमानस्थलमा उडान अवतरण नहुँदा व्यापार व्यवसाय बन्द भएको छ। एकताका सबैभन्दा व्यस्त हुने विमानस्थलमा अहिले यात्रु अभाव भई उडान नहुँदा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु ढोका थुनेर पुनः गाउँ फर्केका छन्।

    रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा पर्ने विमानस्थल वरपरका होटल पसल सञ्चालन भएका घर वरीपरी तथा बाटाहरुमा झारपात पलाएको छ । विमानस्थलको धावनमार्ग वाहेक अन्य स्थान घाँसे मैदानमा परिणत भएको छ।

    उडान हुँदा व्यापार व्यवसाय राम्रो भएको, नहुँदा अहिले सुनसान भएको लामिडाँडामा व्यवसाय गर्दै आएका जगत थापा मगरले बताए। काम परेमा मान्छे बैंकमा आउँछ, नत्र आउने बाटो छैन। उडानका लागि कसैले पहल गर्दैनन्। फ्लाईट चलाउने, यसो गर्ने, उसो गर्ने भनेर नेताहरु आएर भाषण दिएर हिड्छन्। मगरले भने, ‘हप्तामा एक पटक मात्रै फ्लाईट राखे कम्तीमा बिरामीहरुलाई त जान सजिलो हुन्थ्यो।’

    विमानस्थलमा उडान नहुँदा गाउँपालिकाबासीको धेरै रोजगारी गुमेको रावाबेशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेठले बताए। उडान नहुँदा होटल, किराना पसल, तरकारी, फलफुल खेतीमा ठूलो असर परेको छ। गाडीमा यात्रा गर्न नसक्ने बिरामी, असक्तलाई त झन समस्या भएको छ। श्रेष्ठले भन्नुभयो।

    विमानस्थल कालापत्रेपछि उडानका लागि मन्त्रालयमा दुई पटक पुग्दा एक पटक मन्त्रीसँग भेट भयो र अर्को पटक मन्त्रीसँग भेट भएन। छिटोभन्दा छिटो उडानका लागि व्यवस्थापन मिलाईन दिन भनि निवेदन दिएका छौ। फ्लाइटका लागि धेरै गुनासोहरु आएको छ। गाउँपालिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘कमसेकम हप्तामा एक पटक ट्रान्जिट फ्लाईटका लागि भए पनि पहल गर्छौ।’

    २०२८ सालबाट धुले विमानस्थलका रुपमा सञ्चालन भएको विमानस्थललाई २०७३ असोज १९ गतेबाट कालोपत्रेको काम थालेर २०७५ चैत २८ गते कालोपत्रे सम्पन्न गरिएको थियो। नेपाल नागरिक उड्यान प्राधिकरणको ६ करोड ३४ लाखमा कालोपत्रेको काम सकेर २०७६ असार ३ गते समिट एयरले परिक्षण उडान भरेको थियो।

    परिक्षण उडानपछि सीता एयरलाइन्सले दुई पटक र नेपाली सेनाको जहाजले एक पटक उडान भरेको थियो। कालोपत्रे हुनुभन्दा अघि हप्ताको दुई पटक उडान हुँदै आएको विमानस्थल कालोपत्रे भएपछि चाँहि झन उडान अवरतरण नहुँदा बिरामी, अशक्तहरुलाई उपचारमा अन्यत्र जान सकस भईरहेको छ। राज्यको करोडौ बजेट उपयोग विहिन भएको छ।
    लामिडाँडा विमानस्थलमा नियमित उडान भएमा त्रि–धार्मिकस्थल हलेसी आउँजाउ गर्ने पर्यटकलाई सबैभन्दा सजिलो हुनेछ। निर्माणाधिन ६३५ मेगावटको दुधकोशी जलाशययुक्त जलविधुत आयोजनाका कर्मचारी तथा प्राविधिकहरुलाई आयोजनास्थल आउन जान सुविधा हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology