समायोजन खबर खोटाङ, खोटाङमा चिसो बढे पनि चुनावी सरगर्मी भने दिनानुदिन बढिरहेको छ। यतिबेला उम्मेदवार र राजनीतिक दललाई चुनावी सभा गर्न र घरदैलो अभियान गर्न भ्याईनभ्याई छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा रहेर प्रदेश ‘ख’ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस प्रदेश नं. १ का महामन्त्री भुपेन्द्र राईसँग समायोजन खबर डटकमले कुराकानी गरेको छ।
चुनावी सभामा व्यस्त हुनुहुन्छ ? कतिको थकाई महशुष गर्नुभएको छ ?
थकाईको खासै महशुष भएको छैन। यो बेला थकाई घाम, पानी, भोक तिर्खा भन्ने कुरा नै आएन नि। २४ सै घण्टा खट्ने बेला हो यो। प्रतिफल ल्याउन जग बसाल्ने बेला हो। थकाई हुने कुरै भएन।
माहोल कस्तो पाउनुभयो र कस्तो बनाउनु भयो ?
माहोल त अत्यन्तै राम्रो छ। बाम–लोकतान्त्रिक गठबन्धन जितको नजिक पुगेको छ। नागरिकहरुमा अत्यन्तै उत्साह छ।
चुनाव जित्नु हुन्छ ?
त्यो त निश्चित छ।
यो त सबै उम्मेदवारले बोल्ने साझा कुरा हैन ? कसरी विस्वस्त हुने ?
हामी यो देशको दुईवटा ठूलो दल(नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) मिलेर चुनाव लड्दैछौ । त्यसमा पनि नेकपा एकिकृत समाजवादीका साथीभाईहरु हामीसँगै हुनुहुन्छ।
अहिलेसम्म निर्वाचित भएर जानु भएका प्रतिनिधिसभाको निवर्तमान सांसद नेकपा एमालेको नेतृत्वले खोटाङको समस्यालाई समाधान गर्न सक्नुभएन, उहाँ आफै समस्या भएर आउनुभयो। त्यस कारणले चाँहि नागरिकहरु यसपाली बाम लोकतान्त्रिक गठबन्धनप्रति आर्कषित हुनुहुन्छ।
मतदातालाई केही भन्नुहुन्छ ?
हामी खोटाङको सम्पूर्ण समस्याको समाधान गर्ने पार्टी अथवा नेतृत्व दिन सक्छौ। र, खोटाङका यावत समस्याहरुको समाधान हामी गर्न तयार छौ। त्यसका लागि यसपाली बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराईदिनका लागि अनुरोध गर्न चाहान्छु।
तपाई(बाम लोकतान्त्रिक गठबन्धन)लाई नै मतदान किन गर्नुपर्ने ?
बाम लोकतान्त्रिक गठबन्धनलाई नै मतदान गर्नुपर्ने २/३ वटा कारणहरु छन्। हामी त्यतिकै बाम लोकतान्त्रिक गठबन्धन बनेको हैन, यो कसैलाई प्रधानमन्त्री, कसैलाई माननीय बनाउनका लागि मात्रै हैन, यो देशका हजारौ शहिदको रगतले सिञ्चित संविधानलाई च्यात्ने प्रयत्न पनि भयो, सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकहरुको अधिकार र संसद विघटन गर्ने काम भयो।
यो त पञ्चायती व्यवस्था अथवा तानाशाही प्रवृत्तिजस्तो देखियो एमालेको। त्यसका विरुद्ध हामी बाम लोकतान्त्रिक गठबन्धन भएका छौ, त्यसलाई चिर्नका लागि हामीलाई मतदान गर्नुपर्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology