समायोजन खबर, नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता, कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। मंगलबार केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध रहेका उम्मेदवार, प्रस्तावक वा समर्थक भएका ७४ जनालाई पाँच वर्षका लागि निष्कासन गरेको हो।
पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) बमोजिम बागी उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई पाँच वर्षका लागि पार्टीको अभिलेखबाट हटाउन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले निर्देशन दिनुभएको छ। ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन(२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पार्टीबाट निष्कासन हुनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद अमरेशकुमार सिंह, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर सिंहलगायत हुनुहुन्छ। उहाँहरू सबैलाई पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गरिएको ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यी हुन् पार्टीबाट निष्कासित नेता-कार्यकर्ता
१. मीनाकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ ।
२. सन्तमान केरुङ, पूर्व गाउँपालिका अध्यक्ष, पाँचथर ।
३. बालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा ।
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा ।
५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं २ मोरङ ।
६. जयराज संयोग लिम्बू, महाधिवेशन प्रतिनिधि, मोरङ
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ ।
८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ ।
९. जनार्दन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ ।
१०. रोहित सुब्बा, महाधिवेशन प्रतिनिधि, सुनसरी ।
११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी ।
१२. दीपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं २ का वडा सभापति, सुनसरी ।
१३. प्रदीप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी ।
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला उपसभापति खोटाङ ।
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय सदस्य, सप्तरी ।
१६. रामलगन साह, सप्तरी ।
१७. विजेता झा, धनुषा ।
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा ।
१९. सन्तोष यादव, धनुषा ।
२०. अमरेशकुमार सिंह, पूर्वसांसद, सर्लाही ।
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा ।
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा ।
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा ।
२४. अजयकुमार द्विवेद्वी, पूर्वजिल्ला सभापति, पर्सा ।
२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा ।
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा ।
२७. लीलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा ।
२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा ।
२९. टीकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ ।
३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाडौं ।
३१. दीपेन्द्र लामा, काठमाडौं ३ (क) ।
३२. मोहन खड्का, काठमाडौं ५ (क) ।
३३. भरत बिडारी, महाधिवेशन प्रतिनिधि, काठमाडौं ।
३४. बलाराम थापा, क्रियाशील सदस्य, काठमाडौं ।
३५. जयराम कार्की, जिल्ला सदस्य, काठमाडौं ।
३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर ।
३७. दिपेश केसी, क्रियाशील सदस्य, ललितपुर ।
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर ।
३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं ३ का इकाइ सभापति, सिन्धुपाल्चोक ।
४०. भक्तबहादुर भण्डारी, सिन्धुपाल्चोक (ख) ।
४१. बद्री चौलागाईं, पूर्वक्षेत्रीय सभापति, क्षेत्र नं २ सिन्धुपाल्चोक ।
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस ।
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं ३ चितवन ।
४४. महादेव गुरुङ, महाधिवेशन प्रतिनिधि, कास्की ।
४५. चित्रध्वज जिसी, क्रियाशील सदस्य, नवलपुर ।
४६. नरबहादुर गुरुङ, पूर्वक्षेत्रीय प्रतिनिधि, क्षेत्र नं २ बागलुङ ।
४७. ललित गुरुङ, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु ।
४८. ध्रुव पुन (दूत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व ।
४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं १ बर्दिया ।
५०. कृष्ण ढुंगाना, पूर्वगाउँ कार्य सभापति, नवलपरासी ।
५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्वराज्यमन्त्री, सल्यान ।
५२. देवेन्द्र शाही, जुम्ला ।
५३. धनबहादुर बस्नेत, जुम्ला ।
५४. तारक केसी, नेपाल विद्यार्थी संघ पूर्वकेन्द्रीय सदस्य, रुकुम पश्चिम ।
५५. हर्कजंग बहादुर सिंह, पूर्वजिल्ला पार्टी सभापति, बझाङ ।
५६. गणेश भण्डारी, बझाङ ।
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं १ डोटी ।
५८. राजन कुँवर, अछाम ।
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम ।
६०. नृप विष्ट, नगर सचिव कमलबजार नगरपालिका, अछाम ।
६१. केशवबहादुर चन्द, बैैतडी ।
६२. हरिमोहन भण्डारी, बैतडी ।
६३. गिरिराज पाण्डे, कञ्चनपुर ।
६४. दीपकबहादुर सिंह, कञ्चनपुर ।
६५. गोपालसिंह बुुढा, कञ्चनपुर ।
६६. पिताम्बर जोशी, प्रदेश प्रतिनिधि, कञ्चनपुर ।
६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कञ्चनपुर ।
६८. दुर्गादत्त पाण्डे, कञ्चनपुर ।
६९. मदन नेपाल, कञ्चनपुर ।
७०. भरतकुमार शाही, कैलाली ।
७१. गोविन्दराज जोशी : पूर्वजिल्ला सभापति, कैलाली ।
७२. लक्ष्मण शाही : महाधिवेशन प्रतिनिधि, कैलाली ।
७३. क्षितिज भण्डारी : महासमिति सदस्य, कैलाली ।
७४. विजयकुमार बस्नेत, पूर्वजिल्ला सदस्य, काठमाडौं ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology