समायोजन खबर खोटाङ, भिजन फर चेन्ज नामक संस्थाले खोटाङमा इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धी छलफल गराएको छ। जिल्लाका होटल तथा व्यापार व्यवसायी, कम्प्युटर एशोसिएशन नेपाल(क्यान) र महिला उद्यमीलाई इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धी छलफल गराएको हो।
भिजन फर चेन्जको आयोजना तथा खोटाङ वाणिज्य संघको सहकार्यमा वाणिज्य संघको कार्यालयमा शुक्रबार भएको छलफलमा इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र कानूनी मुद्धाहरुको विषय तथा खोटाङको स्थानीय तहमा डिजिटल सुशासन सम्बन्धी भएका गतिविधिहरुको मापन र सो माथि विचार विमर्श गरिएको थियो।
भिजन फर चेन्जका कार्यक्रम व्यवस्थापक रिता बारामुले इन्टरनेटको सही सदुपयोग र सुरक्षाका विषयमा चर्चा गरेकी थिईन्। मानिसका लागि अति आवश्यक इन्टरनेट र डिजिटल दुनियाँका सबल, दुर्वल पक्षमा उनले प्रस्तुतीकरण गरेर प्रस्टाएका थिईन्।
कम्प्युटर एशोसिएशन नेपाल(क्यान)का जिल्ला अध्यक्ष मनोजकुमार वजिमयले कोभिडका समयमा इन्टरनेट कती आवश्यक भन्ने कुरा प्रमाणित गरिदिएको बताए। इन्टरनेट र डिजिटिल प्रविधिले कुन–कुन पक्षभन्दा पनि सबै पक्षलाई समेटेको पाईन्छ। इन्टरनेट त शिक्षाको महासागर हो । वजिमयले भने,‘स्थानीय तहमा डिजिटल प्रविधि एकदम कमजोर छ । स्थानीय तहले डिजिटल प्रविधिमा चासो दिएको देखिएन।’
इन्टरनेट बिना व्यापार, व्यवसाय गर्न संम्भावना ज्यादै कम रहेको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए। प्रविधिसँग पछ्याउन सक्नेले व्यवसाय क्षेत्रमा ठूलो प्रगति गर्छ। तर, यसको सही सदुपयोग गर्नुपर्ने हुन्छ। स्थानीय तहले डिजिटल सुशासन कार्यक्रम अनिवार्य गर्नलाई सम्बन्धीत निकायमा रिपोर्टिङ गरिदिन यहाँहरुलाई आग्रह गर्दछु । राईले भने।
छलफलमा सहभागी आदीवासी जनजाति महासंघका जिल्ला अध्यक्ष फुर्वा शेर्पा, क्यानका सचिव अजय बस्नेत, पत्रकार दमन राई, व्यवसायी उत्सव सैंजु, रुपेश वजिमय, ध्रुव श्रेष्ठ लगायतले डिजिटल सुशासनमा जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिका ज्यादै कमजोर देखिएको औल्याएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology