• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिसो बढेसँगै ओरालो झारियो भेडा

चिसो बढेसँगै ओरालो झारियो भेडा


समायोजन खबर
  • बिहिबार, कार्तिक १० २०७९

  • रुपाकोटमा राखिएको भेडा ।

    समायोजन खबर खोटाङ,चिसो बढेसँगै खोटाङका भेडा पालक व्यवसायीहरुले लेकबाट बेशीतर्फ भेडाहरु झार्न थालेका छन्। गर्मी छल्दै माथिल्लो लेकमा चरिचरणमा लगिएका भेडाहरुलाई पुनः न्यानो ठाउँतर्फ झार्न थालेका हुन।

    प्रत्येक वर्षको बैशाखदेखि खोटाङ र भोजपुरको सिमाना मैयुङडाँडामा लगेर अस्थायी गोठ बनाई भेडा राख्ने गरिन्छ। र, असोज अन्तिम तथा कार्तिकको पहिलो हप्ताबाट चिसो छल्न बेशीतिर झार्ने गरिन्छ। ६ महिना बेशीमा र ६ महिना लेकमा राखेर भेडा पाल्ने गरिन्छ।

    भेडाको ऊन विक्री गर्न, ऊनबाट लुकुनी, राडी बनाउन र विशेषगरी मासुका लागि भेडा पाल्ने गरिन्छ। पछिल्लो समय यातायातको पहुंचसँगै मासुका लागि भेडाको माग बढिरहेको छ। फोनकै भरमा पनि भेडाका बलेख्रोहरु विक्रीवितरण हुने गरेको भेडा पालक खार्मीका उपेन्द्र तामाङले बताए।मुख्यतः मासु, ऊनकै लागि भेडा पालिएको अर्का भेडा पालक हौंचुर पैयाँका आङतेन्जी शेर्पाले बताए। भर्खरै मैयुङबाट डेढ सय भेडा लिएर रुपाकोटको भेडीगोठमा भेटिएका शेर्पाले भेडा पालनमा दुःख भए पनि श्रम खेर नजाने सुनाए।

    बहुगुनी भेडा ऊन र मासुका लागि राम्रो मानिए पनि यसको प्रवद्र्धनमा स्थानीय सरकारले उपेक्षा गरिरहेको भेडा पालक शेर्पाले बताए। जिल्लाको हौचुरको पैयाँ, नेर्पा, दोर्पा, निर्मलीडाँडा, बुईपामा व्यवसायिक रुपमा भेडा पाल्ने गरिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology