• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टीकाको शुभ साइत बिहान ११ बजेर ५१ मिनेटमा

टीकाको शुभ साइत बिहान ११ बजेर ५१ मिनेटमा


समायोजन खबर
  • मंगलबार, असोज १८ २०७९

  • Dashain Tika in Chitwan

    समायोजन खबर, भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरूले भोलि दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर–पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

    असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशैको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा भोलिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology