समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले अफिस व्याडमिन्टन कभर्ड हल निर्माण गरेको छ। साविक गाउँपालिकाको केन्द्र राखिएको स्थान, पृृथ्वी माविको सार्वजनिक जग्गामा कभर्ड हल निर्माण गरिएको हो।
गाउँपालिकाको २२ लाख १० हजार अनुदान र उपभोक्ता समितिको ३ लाख ९० हजार श्रमदानमा निर्माण गरिएको कभर्ड हलको आईतबार संविधान दिवस २०७९ को अवसर पारेर गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गर्नुभयो।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत छविलाल राईको पहल तथा निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीको कार्यकालमा कभर्ड हल निर्माण सुरु भएको थियो।
कभर्ड हलको लम्बाई ५९ फिट, चौडाइ ३४ फिट र उचाई २९ फिट रहेको गाउँपालिकाका ईन्जिनियर गुञ्जन कार्कीले जानकारी दिए।
कार्यालय समयपछि कर्मचारीहरुलाई समयको सदुपयोग गर्न सहज बनाउने लक्ष्य र व्याडमिन्टन खेलप्रति रुचि बढाउनका लागि कभर्ड हलको निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो।
यस्तै, कभर्ड हल उद्घाटनको अवसरमा आयोजना गरिएको खुल्ला डबल व्याटमिन्टन प्रतियोगितामा २५ टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रोले क्रमशः ५० हजार, ३५ हजार र २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार तथा उदयमान खेलाडीले ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत संगम खतिवडाले जानकारी दिए। उनका अनुसार आज क्वाटरफाईनल, सेमिफाईनल, फाईनल खेल हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology