समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले गार्डेनिङको काम सुरुवात गरेको छ। सार्वजनिक विदाका दिन (जनैपूर्णिमा)को अवसरमा गाउँ कार्यपालिकाको कार्यालय परिसर र मानेभन्ज्याङ बजारमा विभिन्न प्रजातिका फुल तथा बिरुवाहरु रोपेर गार्डेनिङको सुरुवात गरेको हो।
गाउँपालिका अध्यक्ष रविप्रकास राईको नेतृत्वमा, उपाध्यक्ष बिर्शिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सम्पूर्ण कर्मचारीहरुको सहभागितामा करीव ६ सय फुल तथा बोटबिरुवा रोपिएको गाउँपालिकाका खरिदार सुवास राईले जानकारी दिए। 
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईको सहयोगमा काठमाडौबाट ल्याईएको बोटबिरुवा रोपिएको हो।आगामी दिनहरुमा गाउँपालिकाको क्षेत्रभित्रका सार्वजनिक स्थल, बिधालय, सामुदायिक भवन, स्वास्थ्य चौकि, बजारक्षेत्र तथा पर्यटकीयस्थलहरुमा समेत गार्डेनिङ गर्दै प्रकृतिमैत्री वातावरण निर्माण गरिने गाउँपालिका अध्यक्ष रविप्रकास राईले बताए।
गाउँपालिकाको मुख्य सडक र अन्य शाखा सडकहरुलाई समेत दीर्घकालीन हरित सडकको अवधारणा ल्याई हरित सडक निर्माण गरिने अध्यक्ष राईको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology