• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा वसको ठक्करवाट एक पैदल यात्रुको मृत्यु

खोटाङमा वसको ठक्करवाट एक पैदल यात्रुको मृत्यु

आशिंक रुपमा यातायातमा समस्या


चिसाङ शेर्पा
  • मंगलबार, असोज २४ २०७४

  • चिसाङ शेर्पा असोज÷२५ खोटाङ,

    खोटाङमा यात्रुवहक वसको ठक्करवाट एक पैदल यात्रुको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटार प्रहरीचौकीभन्दा पाँच मिटर तल वाहुनीडाडाँको बयक्ता भन्ने स्थानमा ७७ वर्षिय जरीकन्या राईको मंगलवार विहान वसको ठक्करवाट ज्यान गएको हो । उनी वाहुनीडाडाँ एक स्थानीय वासिन्दा हुन् ।

     

    दिक्तmेलवाट यात्रु लिएर जयरामघाटतर्फ जादै गरेको बा ३ ख ६३३५ नम्बरको वसले ठक्कर दिंदा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

     

    वराहपोखरी गाउँपालिका चारका वसका चालक ३५ वर्षिय अर्जुन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपुर्तिका माग गर्दै मृतकका आफन्तहरुले सडक अवरुद्ध गरेपछि आशिंक रुपमा यातायातमा समस्या भईरहेको प्रहरीले जनाएको छ । दुर्घट्नास्थलवाट गाडी अगाडी जान नदिएपछि यात्रुहरु करीव चार किलोमिटर पैदल हिडेर जयरामघाट गईरहेका छन् ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology