• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सकियो दुधकोसी पुल ढलान, मंसिर पहिलो सातावाट गाडी गुड्ने

सकियो दुधकोसी पुल ढलान, मंसिर पहिलो सातावाट गाडी गुड्ने

मंसिरवाट सरर.. सिधै तराई–काठमाण्डौ


चिसाङ शेर्पा
  • सोमबार, असोज २३ २०७४

  • चिसाङ शेर्पा असोज÷२३ खोटाङ,

    खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको मेन ढलानको काम समापन भएको छ । गत बुधवारवाट सुरु भएको ढलान सोमवार सम्पन्न भएको हो । मेन ढलान समापन भएसंगै खोटाङवासीमा उत्साह छाएको छ ।

    “फुटपात ढलानसंगै क्युरिङ गर्दै २८ दिन सुकाउनु पर्दछ । क्युरिङ पिरियडमा पुलको दायाँ एक सय र वायाँ एक सय गरी दुई सय मिटर एप्रोज रोड तयार भइसक्ने र त्यसपछि पुलमा गाडी गुडाउँन सकिने छ ।”

     

    मंगलवारदेखी पुलको दायाँवायाँमा रहेको फुटपातमा फर्मा भरिने र बुधवार एकै दिनमा फुटपात ढलान गरि सकिने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो ।

     

    कार्कीले भने ‘फुटपात ढलानसंगै क्युरिङ गर्दै २८ दिन सुकाउनु पर्दछ । क्युरिङ पिरियडमा पुलको दायाँ एक सय र वायाँ एक सय गरी दुई सय मिटर एप्रोज रोड तयार भइसक्ने र त्यसपछि पुलमा गाडी गुडाउँन सकिने छ ।’  सम्झौता म्याद नाघेको ५ वर्षपछि मेन ढलान समापन भएको पक्की पुलमा मंसिर पहिलो सातावाट गाडी गुडाउँन सकिने ठेकेदार कम्पनीले जनाएको छ ।

     

    बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा ०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले खोटाङे जनताहरु ठूलो आशा जगाएको छ । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाबिस जोड्ने जयरामघाटको पुल जिल्लाको प्रमुख नाका हो ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology