समायोजन खबर, सत्तासीन दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एकरदुई दिनभित्रै मन्त्रीहरू फेरिने बताएका छन् ।
आइतबार नेकपा एसले काठमाडौँमा आयोजना गरेको पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालले प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रले एकरदुई दिन पर्खिदिन आग्रह गरेकाले नयाँ मन्त्रीहरूलाई पठाउने काममा ढिलाइ भएको बताएका हुन् । उनले अहिलेका मन्त्रीहरूलाई पठाउने बेलामा नै ६ महिनाका लागि मात्र भनेर पठाइएको जिकिर गरे । केही मन्त्रीहरूले त यो कुरा सार्वजनिक रुपमै समेत स्वीकारेको पनि उनको भनाइ छ ।
‘अहिलेका मन्त्रीहरूलाई पठाउने बेलामै ६ महिनाका लागि मात्र हो भनेर पठाएका थियौँ । कतिपय मन्त्रीहरूले उक्त कुरा स्वीकारेर बाहिर नै भन्नुभएको थियो हामीलाई छ महिनाका लागि मात्र पठाइएको हो,’ उनले भने, ‘त्यसरी प्रष्ट भन्ने मन्त्रीहरूलाई विशेष धन्यवाद ।’
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मन्त्री हेरफेर गर्ने सोचमा भएको र उनीहरूकै आग्रहमा एसले मन्त्रीहरू अहिलेसम्म नफेरेको अध्यक्ष नेपालको भनाइ छ ।
‘प्रधानमन्त्री र माओवादीका साथीहरूले हामीमा पनि त्यस्ता मागहरू आइरहेकाले केही दिन पर्खिदिनुपर्यो भनेका छन्। त्यसकारण हामीले एकरदुई दिन पर्खिनुपर्ने कुरा हुन्छ,’ उनले भने। अध्यक्ष नेपालले आफूले प्रधानमन्त्री देउवाबाट अब दुई दिनभित्रै मन्त्रीहरू परिवर्तन हुने जवाफ पाएको बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology