समायोजन खबर खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण गरेको छ। बुधबार २७ औं स्थापना दिवसको अवसरमा दिक्तेल बहुमुखी क्याम्पस परिषर र दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा बृक्षरोपण गरेको हो।
सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ र दिक्तेल बहुमुखी क्याम्पसको आयोजनामा दिक्तेल बहुमुखी क्याम्पस परिषरमा निलसिरीष, धुपि, कृष्णकलि, पोथ्रे गुराँस लगायतका विरुवा रोपिएको छ।
क्याम्पसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, क्याम्पस प्रमुख हिराकुमार राई, क्याप्टेन जगतराम राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मर भुजेल, महासंघको प्रदेश सचिवालय सदस्य सुर्य बहादुर राई, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दमन राई लगायतले बृक्षरोपण गर्नुभएको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए।
विभिन्न कार्यक्रमका अवसरमा थुप्रै बृक्षरोपन गरिने तथा संरक्षण नगरिने प्रथाका कारण विरुवाहरु अलपत्र पर्ने र अन्ततः मर्ने गरेकाले संरक्षणको आवश्यकता रहेको नगरप्रमुख भट्टराईले बताए । क्याम्पसले खाली जग्गाहरुमा गार्डेनिङ गर्ने कुरामा नगरबाट सक्दो सहयोग हुने पनि नगरप्रमुख भट्टराईले आश्वसन दिनुभयोे।
यस्तै, दुर्छिमको बालकन्या बोखिम प्राकृतिक सामुदायिक वनमा सिन्कौली, हर्रो, बर्रो, सिमल जस्ता २७ वटा विरुवा रोपिएको छ। त्यहाँ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, दुर्छिमका वडाध्यक्ष रुपेन्द्र राई, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सम्मर भुजेल, नगर महासंघ अध्यक्ष अगिन्द्र राई, पूर्व प्रअ खम्बराज राई लगायतले बृक्षरोपण गर्नुभएको अध्यक्ष राईले जानकारी दिनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology