• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरी भन्छ, लेते वरपरको मौसम निकै बिग्रियो, जहाज खोज्न समस्या छ

प्रहरी भन्छ, लेते वरपरको मौसम निकै बिग्रियो, जहाज खोज्न समस्या छ


समायोजन खबर
  • आइतबार, जेष्ठ १५ २०७९

  • समायोजन खबर, पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजको खोजी गर्न समस्या भएको छ । खराब मौसमका कारण जहाज खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार जहाजले अन्तिम पटक लेतेको डाँडाबाट जोमसोम विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्क नभएकाले जहाज लेते वरपरका डाँडा र विशेषगरी लार्जुङ खोँचमा दुर्घटना भएको शङ्कामा प्रहरीले खोजी थालेको हो ।

    ‘लेते वरपरको मौसम निकै बिग्रिएको छ, हामीले जहाज दुर्घटना भएको शङ्का गरेका छौँ, त्यही वरपरकै मौसम पूरै धुम्म छ, हेलिकप्टर उडाउन सक्ने अवस्था छैन, त्यसैले समस्या भयो’, तामाङले उज्यालो अनलाइनसँग भन्नुभयो ।

    हेलिकप्टर उडाउन समस्या भए पनि मुस्ताङका प्रहरी, व्यवसायी, स्थानीयवासी पैदलै हिँडेर भए पनि खोजीको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

    बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । जहाजमा १९ जना यात्रु रहेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology