• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पानीमा रुझ्दैै विजय जुलुस

पानीमा रुझ्दैै विजय जुलुस


समायोजन खबर
  • बिहिबार, जेष्ठ ५ २०७९

  • मेयर बिमला राई र उपमेयर रमेशकुमार राउत।

    समायोजन खबर खोटाङ, बिहिवार दिउँसो हलेसी तुवाचुङ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचन आयोगबाट(नगरपालिकाको सभाहलमा)निर्वाचित प्रमाणपत्र लिए।

    त्यसपछि निर्वाचित मेयर बिमला राई, उपमेयर रमेशकुमार राउतको पार्टी कांग्रेसले विजय जुलुसको तयारी थाल्यो।
    विजय जुलुसका लागि नेता,कार्यकर्ता, शुभेच्छुकहरु मोटरसाइकल, गाडीबाट र पैदल हिडेर छापडाडामा पुगे अनि पर्खीरहे।
    अबिर,खादा र मालाबाट पुरिएका निर्वाचित मेयर राई, उपमेयर राउत छापडाँडा आइपुगेपछी विजय जुलुस सुरु भयो, यता मौसममा गडबडी आउन थाल्यो, हावाहुरी र पानी पर्न थाल्यो। रिपोर्टिङमा पुगेका पत्रकार र सन्चारकर्मी तितरवितर भए।
    तर, हावाहुरी र पानीको बेपर्बाहका साथमा जुलुस अघि बढ्यो, निर्वाचित मेयर, उपमेयरलाई अबिरजात्रा, माला लगाइदिने बाटोबाटोमा एकमाथि अर्को गर्दै थपिए। झनझन पानी भने बढ्दै गयो।
    जुलुस अघिअघि बढ्दा पानी झन ठूलो पर्दै गयो । जुलुसका आर्कषण मेयर, उपमेयर पानीमै रुझे, अनि समर्थक कार्यकर्ता भने छाता ओढेर जुलुस लगाए । अधिकांश छाता नहुनेहरु पानीमै रुझेर जुलुस लगाए।
    छाँपडाँडाबाट सुरु भएको विजय जुलुस हलेसीमा आईपुगेर समापन भएको थियो। पहिलो महिला मेयरमा निर्वाचित राईलाई महिलाहरुले सबैभन्दा बढी अबिर, खादा, माला लगाईदिएका थिए।
    यो पनि,स्ट्रङ बिमला, जसले एमाले र माओवादीको गठबन्धन तोडेर मेयर जितिन

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology