समायोजन खबर, दक्षिण बङ्गालको खाडीमा विकसित भएको ‘असानी’ नामक चक्रवात कमजोर बनेसँगै नेपालमा त्यसको असर कम पर्ने भएको छ।
भारतको आन्द्र प्रदेशको तटीय क्षेत्र आसपासमा रहेको चक्रवात आज त्यही ठाउँमा नै कमजोर अवस्थामा रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यसले गर्दा यो प्रणालीको असर यसअघि पूर्वानुमान गरिएको भन्दा कम पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार यसको असर नेपालमा आंशिक मात्रै पर्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन नै निकालेर जानकारी गराएको छ। भोलि मतदानको दिन प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बद्ली भइ अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने छ।
यस्तै, प्रदेश(१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। त्यसैगरी भोलि अन्य प्रदेशका केही ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज पनि बेलुकीपख प्रि(मनसुनका गतिविधिका कारण पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ। अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology