समायोजन खबर खोटाङ, स्थानीय तहको निर्वाचन ३० बैशाखमा हुदैंछ। चुनाव नजिकिएसँगै राजनीतिक दलहरु चुनावी गतिविधिमा होमिएका छन्। यतिबेला राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु गाउँ-गाउँमा भेटिन थालेका छन्। टोल-टोलमा पुगेका छन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस खोटाङ के गर्दैछ, चुनावी कार्यक्रम के कस्ता छन् लगायतका विषयमा रहेर नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईसँग समायोजन खबर डटकमले कुराकानी गरेको छ ।
स्थानीय चुनाव नजिकिदै छ, कांग्रेस चाहिँ के गर्दैछ ?
स्थानीय निर्वाचन अत्यन्त नजिक आईरहेको छ। स्थानीय तहको चुनावमा कांग्रेसलाई अग्रस्थानमा ल्याउन चरणबद्ध ढंगबाट हाम्रा कार्यक्रमहरु जनताका विचमा लगिरहेका छौ। सबैभन्दा पहिला आफ्नो पार्टीको हरेक संयन्त्रहरुलाई चुस्तदुस्त गराउने चरणमा लाग्यौ। हाम्रा कार्यकर्ताहरुलाई ७९ वडाको बस्तीसम्म कसरी पु¥याउने भनेर कार्यक्रम तयार ग¥र्यौ।
त्यो अनुसार ७ फागुनदेखि १ चैत्रसम्म ७९ वडामा पार्टीको नेतृत्व, सह–नेतृत्व, भातृ संस्थाहरुका प्रतिनिधिहरु समेतलाई संयुक्त रुपमा पठाएर त्यहाँको संगठनलाई बिस्तार गर्ने, टोल कमिटीहरु गठन गर्ने, अन्य संगठनलाई बलियो बनाउने, त्यहाँको बस्तुस्थितीलाई बुझ्ने अभिभारा दिएर पहिलो चरणको संगठन विस्तार सुदृढिकरण र अनुगमनको काम सम्पन्न ग¥र्यौ। त्यहाँको वस्तुगत रिपोर्टहरु प्राप्त भएका छन्। त्यसलाई अध्ययन गरिरहेका छौ।
दोश्रो चरणमा हामीले विस्तारित संरचनाहरुलाई शसक्त बनाउने क्रममा ७ चैत्रदेखि २७ चैत्रसम्म दोश्रो चरणको कार्यक्रमलाई सञ्चालन गरिरहेका छौ। त्यसमा पनि ७९ वडाहरुमा जिल्लाका प्रतिनिधिहरु पुग्दै हुनुहुन्छ/पुगिरहनु भएको छ। त्यसलाई फेरी माथिल्लो तहको संरचना र नेतृत्वले हेरिरहेको छ। अनुगमन गरिरहनु भएको छ। उहाँहरु ठिक ठाउँमा पुग्नु भयो/भएन, उहाँहरुलाई तोकिएका जिम्मेवारीहरु निरुपण भईरहेका छन्/छैनन् भन्ने त्योभन्दा माथिल्लो तहका नेतृत्वहरुले अनुगमन गरिरहनु भएको छ। र, अहिले ७९ वटै वडाहरुमा संगठन सशक्तिकरण गराउने क्रम जारी छ।
त्यसपछि २७ चैत्रमा ति टोलीहरुले जो संगठन सशक्तिकरणका लागि लागिरहनु भएको छ। उहाँहरुले अझ थप वडा–वडाको, टोल–टोलको वस्तुस्थितीलाई जिल्लामा पेश गर्नेछन्। र, त्यसलाई थप हामीले अध्ययन गरेर तेश्रो चरणको कार्यक्रम पनि त्यसरी नै जनताको पहुंचसम्म पु¥याउने छौ। यसरी तेश्रो चरणको कार्यक्रमको विचमा चुनाव सम्पन्न हुनेछन्।
हामो कार्यक्रम र रणनीतिबाट के विश्वास छ भने कांग्रेस पटक–पटक यस्ता कार्यक्रमहरुमार्फत जनताको घरघरमा पुग्नेछन्। जनताको घरघरमा पुगेर आफ्नो कार्यक्रमहरुको वारेमा स्पष्ट पार्नेछन्। चुनावमा कांग्रेसले विजयी प्राप्त गरिसकेपछि वडा तहदेखि जिल्लाको समग्र विकासको खाकाहरु जनतालाई बुझाउने छन्। त्यो अवसर प्राप्त भएपछि, यानकि कांग्रेसको नेतृत्वहरु जनप्रतिनिधिको रुपमा छानिएपछि हामी कटिबद्ध भएर जिल्लाको मुहार फेर्ने, विकास निर्माणलाई नेतृत्वदायी ढंगबाट अगाडी बढाउने क्रममा कांग्रेस लागि पर्नेछ। अहिले हामी यहि यात्रामा छौ।
कांग्रेसले चुनावी गठबन्धन गर्छ कि गर्दैन ? बजार हल्ला त व्यापक छ ?
देशको राजनीतिक बाध्यताका कारणले अहिले सरकार सञ्चालन गठबन्धन दलहरुबाट भईरहेको जगजाहेर छ। यो गठबन्धनले मुलुकको राजनीतिलाई अग्रगति दिईरहेको छ। देशमा स्थापित सम्पूर्ण राजनीतिक दलहरुको विचमा एकापसमा सहिष्णुता, सद्भाव र एकता अनि सहकार्य हुनु जरुरी थियो। तै पनि एउटा दल जो २०७४ पछि सरकारको नेतृत्व गर्ने पार्टी थियो नकेपा। र, नेकपाभित्रको आन्तरिक द्धन्द्ध र आन्तरिक बेमेल र आन्तरिक भ्रमको कारणले गर्दा उनीहरु अहिले साविक आ,आफ्ना दलमा रुपान्तरित भए । नेकपा एमाले र नेकपा माओवादी।
र, त्यसमा पनि नेकपा माओवादीले पछिल्लो कालखण्डमा देशको संविधानको रक्षा, जनताको अधिकारलाई सुदृढ गराउने, पक्षपोषण र संसदलाई अरु जनताको निर्वाचित संस्थालाई सुनिश्चित गराउने दिशामा माओवादी अगाडी बढेको हुंदाखेरि अहिले नेकपा माओवादी समेतको राजनीतिक गठबन्धन छ।
नेकपा एमाले आफसमा नमिल्नाले फुटेर नेकपा एकीकृत समाजवादी पनि अग्रगति तिर बढ्ने पार्टीका रुपमा लिएका छौ, त्यस्तै जसपा पार्टी। यसरी यी पार्टीहरुको गठबन्धनबाट सरकार चलिरहेको छ। त्यसको प्रभाव दलीय संस्कृतीलाई अगाडी बढाउनमा पनि पर्ने नै भयो। र, अहिलेको स्थानीय तहको चुनावमा पनि गठबन्धन शक्तिहरु एक भएर जाने, जसले संविधानलाई नष्ट गर्न खोज्यो, जनताको अधिकारलाई क्षयीकरण गर्न खोज्यो, संसदलाई नौटंकीको रुपमा रुपान्तरित गर्न खोज्यो, बन्धन बनाउन खोज्यो त्यो प्रतिगामी शक्तिको कित्तामा चाँहि एमाले आफै दर्ज भएको हुंदाखेरी प्रतिगामी जस्तोसुकै शक्तिलाई रोक्नका निम्ति, अगाडी बढ्न नदिन गठबन्धन एक भएर जानुपर्ने अहिलेको बाध्यता हो।
जिल्लामा पनि गठबन्धन दलहरुको विचमा कसरी अगाडी बढाउने, सम्पूर्ण कार्यकर्ताहरुको मनोबललाई पनि उच्च बनाउनु प¥र्यो, उहाँहरु पनि रगत पसिना बगाएर आ,आफ्नो विचारसँग सम्बन्धित दलहरुलाई सुदृढ गराउने क्रममा लागिरहनु भएको छ। त्यसकारण टक्क्रक एउटा प्राविधिक ढंगबाट गठबन्धनको नाममा साथीहरुको मनोभावलाई तिलाञ्जली दिएर, अथवा छायाँमा राखेर गठबन्धन, गठबन्धन भन्दै जान पनि सुहाउँदैन। त्यसो भएकाले वस्तुगत ढंगबाट यहाँको राजनीतिक परिस्थितिहरुलाई आँकलन गरेर, विश्लेषण गरेर, साँच्चिनै गठबन्धन नभएमा प्रतिगामी शक्ति हाबि हुनेछ भन्ने कुरालाई अनुभुत गरेर, महशुष गरेर गठबन्धनलाई यथोचित ढंगबाट त्यो सुत्रलाई अपनाउने छौ।
दिक्तेल र हलेसीमा मेयरका आकांक्षी धेरै देखिएको हो ?
यी दुई नगरपालिका राजनीतिक जनप्रतिनिधिमूलक संस्थाको रुपमा पनि जिल्लामा आफनै महत्व बोक्छ नै। दिक्तेल सदरमुकाम रहेको नगरपालिका हो, हलेसी तुवाचुङ नगरपालिका धार्मिक, पर्यटकीय दृष्टिकोणले पनि महत्व राख्ने सम्पदाहरु भएको नगरपालिका हो। हलेसीमा कांग्रेसको राम्रो अवस्था छ। अब्बल खालका नेतृत्वहरुले ति नगरपालिकामा जनप्रतिनिधिमूलक अगुवाई खोज्नु स्वभाविक हो। यसलाई हामीले स्वभाविक रुपबाट लिएका छौ।
तर, पार्टीको आफ्नै मापदण्ड, पार्टीको बैज्ञानिक मुल्याङकनको आधारबाट ति अनगिन्ती उम्मेद्वारका आकांक्षीहरुबाट हामीले एकजना छनौट गर्नुपर्ने हुन्छ। त्यसो भएकाले हामी विभिन्न कार्यदल बनाएर, टोलीहरु बनाएर नगरपालिकामा पनि छुट्टै किसिमको अध्ययन, विश्लेषण गरिरहेका छौ। दिक्तेलमा विगतमा भन्दा अझ सुधारोन्मुख अवस्था रहेको छ कांग्रेसको।
केही वडाहरु बाहेक अधिकांश वडाहरुमा कांग्रेसका कार्यकर्ताहरुले उच्च मनोबलको साथ आफ्नो नेतृत्वलाई स्थापित गर्न खोजिरहनु भएको छ। त्यसो हुंदाखेरि यी दुई नगरपालिकामा धेरै अभ्यास गरेर लोकप्रिय, प्रभावशाली र हरेक कोणबाट हेर्दाखेरी उहाँहरुलाई नगरपालिकाको जनप्रतिनिधिको प्रमुख जिम्मेवारी दिन उपर्युक्त हुन्छ भन्ने ठहर भईसकेपछि हामीले प्रदेश कार्य समितिमा नाम सिफारिश गर्छौ।
मेयरको उम्मेद्वारी छनोट कसरी हुन्छ ?
हामीसँग निश्चित मापदण्डहरु छ। एक त उहाँहरुको पार्टीप्रतिको योगदान, पार्टीप्रतिको प्रतिबद्धता, निष्ठा र सांगठनिक पकटलाई पनि हेर्छौ। अर्को कुरा पार्टीमा उहाँहरु अत्यन्त स्थापित हुनुहुन्छ, पूरानो पनि हुनुहुन्छ तर, त्यति मात्रै भएन। जनतासँग उहाँहरुको सामिप्यता, जनताको समस्याहरुसँग उहाँहरुको अन्तरघुलन र जनताहरुलाई डेलिभरी दिने कुराहरुमा, जनतासँगको सामिप्यतालाई अपडेट गराउने कुराहरुमा उहाँहरु कतिको चुस्तदुस्त रहनु भएको छ। त्यसलाई पनि हामीले हेर्छौ।
र, त्यसै पनि अब आत्मकेन्द्रीत भन्दा पनि वैचारिक रुपहरु विचारवान हुनुप¥र्यो, अहिलेको समय सापेक्षित पनि हुनुप¥र्यो। यस्ता कुराहरुलाई हामीले आधार बनाएर, अन्य आकांक्षीहरुको विचको सद्भावलाई नबिग्रने ढंगबाट उम्मेद्वारी चयन गर्छौ।
टिकट गुटका मान्छेले, नजिककाले, पैसावालाले कि जित्नेवालाले पाउँछ ?
जसले जित्नलाई पर्याप्त संम्भावना राख्नुहुन्छ उहाँहरुलाई हामीले गुटको आँखाले पनि हैन, कुनै आफन्त, नाता वा निकट सम्बन्धको आँखाले हैन, अत्यन्त लोकप्रिय, आम रुपबाट अन्य दलहरुले पनि उहाँप्रति औला ठड्याउने कुनै इस्सु या विषयवस्तु नभएका भरसक त्यस्तो व्यक्तित्वहरुलाई हामीले प्राथमिकतामा राखेका हुन्छौ। गुट भन्ने कुरा चाँहि कुनै अधिवेशन ताका आन्तरिक प्रतिस्पर्धामा प्राविधिक ढंगबाट को–कसका नजिक भयौ होला तर, अब त्यो अधिवेशन सकिनासाथ सबैले संकल्प गरेका छौ। अब गुटगत कुनै दुरी रहने छैनन्।
त्यसमा सबभन्दा महत्वपूर्ण भूमिका जसले नेतृत्व सम्हाल्ने जिम्मा पाएको छ उसले त्यसलाई पर गर्नुप¥र्यो। त्यसपछि गुटगत राजनीति हाबि हुने वातावरणलाई न्युनिकरण गराउने जिम्मा नेतृत्वको चाँहे त्यो जिल्लाको होस, पालिकाको होस, वडाको होस, क्षेत्रको होस अनि त्यसपछि प्रतिस्पर्धी प्रत्यासीहरुले पनि त्यो किसिमबाट आफूलाई अनुकुलन बनाउँदै नेतृत्वसँग समन्वय गर्ने कुराहरुमा उत्साही हुनुप¥र्यो। उनीहरुले पनि त्यो किसिमको भूमिका खेल्नुप¥र्यो भनेर हामीले सुरुमै संकल्प गरेका छौ। त्यही अनुसार जिल्लामा वातावरण वनेको छ। यसो हुंदाखेरी अब गुट छैन खोटाङमा।
कांग्रेसमा त डरलाग्दो अन्तरघात हुने गर्छ, यसलाई कसरी लिनुभएको छ ?
विगतमा त्यस्तो किसिमको प्रशस्तै परिघट्ना, दुर्घट्नाहरु भए । जसको कारणले जित्ने माहोल हुंदाहुंदै पनि अन्य दलको उम्मेद्वारलाई हामीले जिल्लाको जनप्रतिनिधिको भूमिकामा पु¥यार्यौ यसले ठूलो मूल्य चुकाउनुप¥र्यो। चाहे त्यो विकास निर्माणको सन्दर्भमा होस, जिल्लाको संमृद्धिको सन्दर्भमा होस, वा जिल्लाको साख राख्ने, खोटाङलाई नमूना जिल्ला बनाउने सन्दर्भमा होस। कांग्रेसको घात अन्तरघातका कारणले अरु दलले त्यसको अवसर पाउँदाखेरी यसरी खोटाङले हार्नुप¥र्यो। अब त्यसबाट हामीले शिक्षा प्राप्त गरेर घात अन्तरघातलाई निमिट्यान्न बनाउँछौ।
कुनै पनि तहको निर्वाचनमा आत्मकेन्द्रीत भएर, व्यक्तिगत स्वार्थवाट प्रेरित भएर निर्वाचनमा परिचालन हुने, त्यो किसिमको संस्कारलाई हामीले निमिट्यान्न बनाएर संस्थागत ढंगबाट, पार्टीगत ढंगबाट, वैचारिक ढंगबाट र रुख चिन्हलाई महत्व दिएर हामी निर्वाचनमा होमिन्छौ। त्यो चाँहि आउने स्थानीय तहको चुनावले पनि देखाउनेछ।
अन्त्यमा भनिदिनुहोस आउँदो निर्वाचनमा कांग्रेसको स्थान कुन हुन्छ ?
सबै जनताहरुले, खोटाङगे दाजुभाईहरुले देखिरहनु भएको छ। कांग्रेसले यो पटकको जुनसुकै निर्वाचनलाई पनि खोटाङको भाग्य र भविष्य बनाउने निर्णायक निर्वाचनको रुपमा हेरेको छ। हामी जनताको मन जित्नबाट चुक्यौ। र, फेरी पनि एउटा हल्ला गर्ने, भ्रमको खेती गर्ने दलले नै अवसर पायो भने हामी फेरी दशकौसम्म यो खोटाङ जिल्लाको भविष्य अन्धकारमा पर्नेछ।
त्यसो भएको हुदाखेरी हामी सबै परिचालित छौ, साधरण सदस्य, क्रियाशिल सदस्य, शुभेच्छुक संस्था, भातृ संस्थाहरु, दल सबैको भगिरथ प्रयत्न चाँहि कांग्रेसलाई खोटाङ जिल्लामा चाँहि प्रथम राजनीतिक हैसियत दिलाउने कसरतमा छौ। र, त्यो संम्भावना निकट देखेका छौ। सर्वेक्षण गर्ने सबै संस्थाहरुले पनि त्यो किसिमबाट दृष्टिकोणहरु, आफूले देखेको अनुभवहरु दिईरहनु भएको छ कि कांग्रेसले चाँहि अहिले वास्तवमा धेरै मेहेनत गरेको छ। व्यवहारिक र वैज्ञानिक ढंगबाट आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेको छ भनेर उहाँहरुले हामीलाई हौसला दिईरहनु भएको छ।
गाउँ–गाउँ बस्तीबस्ती पुग्दा पनि कांग्रेस त यस पटक भयङकर मेहेनत गरिराछ, जनताको विचमा जाने क्रमलाई निरन्तरता दिईराछ, यो चाँहि चुनावसम्म मात्रै हैन, चुनाव पछाडी पनि यो क्रम जारी रहनुपर्छ भनेर हामीलाई सुझावहरु दिनुभएको छ। यी आधारबाट चाँहि आउने चुनावमा कांग्रेस प्रथम स्थानमा रहनेछ। जिल्लाको जनप्रतिनिधिको नेतृत्वदायी भूमिका कांग्रेसले ग्रहण गर्नेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology