• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मन्त्री आलेको बढ्यो एक्सन: देश ठग्नेहरूलाई एक हप्ताभित्र ठेगान लगाउँने

मन्त्री आलेको बढ्यो एक्सन: देश ठग्नेहरूलाई एक हप्ताभित्र ठेगान लगाउँने


समायोजन खबर
  • सोमबार, फाल्गुन ९ २०७८

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले

    समायोजन खबर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूलाई एक हप्ताभित्रमा कारबाहीको दायराभित्र ९ठेगान लगाउने० ल्याउन लागेको बताउनुभएको छ।

    आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव- २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक हप्ताभित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनुभएको हो।

    उहाँले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफूले गरेका काम ट्रेलरु मात्रै भएको उल्लेख गर्दै एक हप्ताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘जति पनि मैले कामको थालनी गरेको छु। मातृभूमिलाई साक्षी राखेर भन्छु, विभिन्न तत्त्वहरूले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु। यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो, अब एक हप्ताभित्र पूरा फिल्म पर्दामा देखिने गरी काम गर्नेछु।’

    मन्त्री आलेले विगतका सरकारले गरेका फोहरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो। उहाँले केही दिनअघि सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दा तलमाथि पर्न गएको स्वीकार गर्नुभयो। बोल्दा तलमाथि भएको भए पनि आफ्नो मनमा कुनै पाप नभएको उहाँले प्रष्ट पार्नुभयो। आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भए पनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उहाँले बताउनुभयो। त्यो अडियो पूर्ण सत्य नभएको उहाँले प्रष्टीकरण दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology