• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निजामती कर्मचारी युनियनको प्रदेश १ अध्यक्षमा वनको उम्मेद्वारी घोषणा

निजामती कर्मचारी युनियनको प्रदेश १ अध्यक्षमा वनको उम्मेद्वारी घोषणा


समायोजन खबर
  • सोमबार, फाल्गुन ९ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल निजामती कर्मचारी युनियनको प्रदेश १ अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष पदमा मान बहादुर वनले उम्मेद्वारी दिने घोषणा गरेका छन्। युनियनको विधान अनुसार प्रदेश अध्यक्ष जितेमा स्वतः केन्द्रीय उपाध्यक्ष हुने व्यवस्था छ।

    युनियनका केन्द्रीय सदस्य तथा खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वनले सातै प्रदेशका सम्पूर्ण साथीभाईहरुको सल्लाह र सुझावपछि प्रदेश १ अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णयमा पुगेको बताए।

    सातै प्रदेशका सम्पूर्ण साथीभाईहरुको सल्लाह सुझाव पाए। प्रदेशका साथीहरु र टीमबाट समर्थन मिल्यो। वनले भने, ‘प्रदेशमा हिजो(आईतबार)टुंगो लागेपछि उम्मेद्वारी दिनेमा पुगे। सबैको साथ, सहयोग पाएमा जित्नेछु।’

    युनियनको संस्थागत विकासका लागि, युनियनलाई अरुभन्दा सबल, सक्षम र नेतृत्वदायी भूमिकामा पु¥याउन, आधिकारीक ट्रेड युनियनमा जित सुनिश्चितका लागि, सामाजिक सेवा प्रवाह, निजामती सेवाको गुणस्तर तथा अरुले भन्दा युनियनले दिएको सेवा सुविधा गुणस्तरीय बनाउन आफ्नो उम्मेद्वारी रहने उनले बताए।

    ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने प्रदेश र केन्द्रीय महाधिवेशनमा आफूलाई साथ, सहयोग गर्न र अमुल्य मत दिन वनले महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology