• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन महिलाको हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण

तीन महिलाको हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण


समायोजन खबर
  • मंगलबार, पौस २७ २०७८

  • प्रजिअ फणिन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै इन्सेक प्रतिनिधि तारानाथ फुयल।

    समायोजन खबर खोटाङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक खोटाङले जिल्लाका तीन महिलाको हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ। एक किशोरीसहित दुई महिलाको हत्या भएको पाँच वर्ष वित्दा पनि हत्याराको पत्ता नलागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

    जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा मंगलबार ज्ञापनपत्र पठाउदै २०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्यारा पत्ता नलागेकाले सरकारको ध्यानाकर्षण गराईएको इन्सेक प्रतिनिधि तारानाथ फुयलले बताउनुभयो।

    सिम्पानीबजारको एक होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो। घट्नास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। गाईवस्तुलाई स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो।

    यस्तै, माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट दिप्लुङ घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो।

    घट्ना भएको पाँच वर्ष बितेपनि घट्नाका दोषीको हालसम्म पत्ता नलाग्नु र कानुनी कारबाहीको प्रक्रिया अघि नबढेकाले पीडित परिवारले राज्य हुनुको अनुभूत गर्न नसकेको अवस्था छ। किशोरीसहित तीनजनाको यौनजन्य घट्नापछि हत्या भएको तत्कालिन प्रमाणका आधारमा पीडित परिवारलाई न्याय दिलाउनु राज्यको प्रमुख जिम्मेवारी हो। फुयलद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ। ‘घट्नाको वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्यायसहित आम नागरिकलाई राज्य र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकारको ध्यानकर्षण गराउन चाहान्छु।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology