• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दशै नजिकिदै गर्दा खोटाङमा किनमेल गर्नेको चाप वढ्दो

दशै नजिकिदै गर्दा खोटाङमा किनमेल गर्नेको चाप वढ्दो

गतवर्षको अनुपातमा ३० प्रतिशतले कपडा व्यापारमा बृद्धि


चिसाङ शेर्पा
  • मंगलबार, असोज १० २०७४

  • ?

    चिसाङ शेर्पा असोज÷१० खोटाङ,
    चाडपर्व नजिएकसंगै खोटाङको सदरमुकाम दिक्तmेलमा किनमेल गर्ने सर्वसाधरणको चहलपहल अत्याधिक वढ्न थालेको छ । नेपालीहरुको महान चाड विजया दशमीका लागि किनमेल तथा आर्थिक कारोवार गर्न कपडा पसल, सुन पसल, वंैक, वित्तिय संस्था, बस टिकट काउण्टरमा मानिसहरुको वाक्लो भिड बढेकोे हो ।

    दशैमा नयाँ कपडा, गरगहना तथा घरहरुमा रंगरोगन लगाउँन आवाश्यक सामाग्री किनमेलका लागि वालवालिका, युवायुवती, बृद्धबृद्धाहरुको दिक्तmेलमा बाक्लो उपस्थिती भएको हो ।

     

    टंक स्टोर दिक्तmेलका प्रोपाईटर टंक प्रसाद आचार्यका अनुसार गतवर्षको तुलनामा यसवर्षको दशैमा ३० प्रतिशतले कपडा व्यापारमा बृद्धि भएको छ । २÷३ दिन मौसमले व्यापारमा प्रभाव पारे पनी आईतवारयता सोचेभन्दा धेरै व्यापार भएको छ ।

     

    सुन पसलहरुमा ग्राहकको वाक्लो भिड लागेका तथा गरगहना सन्तोषजनकरुपमा व्यापार, व्यवसाय भईरहेको शरद ज्वेलरी दिक्तmेलका संञ्चालक सबु शंकले बताईन् । शंकरका अनुसार गतवर्षको तुलनामा यो वर्ष गरगहना विक्री वितरणमा सन्तुष्ट भएको बताए ।

     

    दशैमा गरगहना, कपडा विक्री वितरणमा ग्राहकको संख्या वढेपनी ईलेक्ट्रोनिक्स सामग्री खरिदमा ग्राहक नभएको मनोज ईलेक्ट्रोनिक्स दिक्तmेल रत्नपार्कका प्रोपाईटर मनोज राईले जानकारी दिनुभयो । नगरपालिका, गाउँपालिका कायम भएपछि व्यापार मन्द भएको उहाँको भनाई छ ।  नगरपालिका, गाउँपालिका कायम भएपछि गत साउनदेखी दिक्तmेलमा चाडपर्वका अलवा व्यापार व्यवसाय खस्कदै गएको व्यापारीहरुको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology