• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, यस्ता छन् निर्वाचन आचारसंहिता

कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, यस्ता छन् निर्वाचन आचारसंहिता


समायोजन खबर
  • बुधबार, मंसिर २२ २०७८

  • समायोजन खबर, नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार अहाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ।

    यसैगरी उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
    उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवाररको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ०८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो।

    सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ।
    सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ।

    सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ। महाधिवेशनको उद्घाट्न मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र हलमा बन्द सत्र हुनेछ। कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ।

    मतदानमा मोबाइल लिएर जान नपाइने

    यसैगरी समितिले व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाईने, मर्यादित र अनुशासित भइ शान्तिपूर्णरुपमा प्रचारप्रसार गर्न पाइनेलगायत आचारसंहिता पनि जारी गरेको छ।

    कांग्रेस केन्द्रीय कार्यालय र राष्टियसभा गृहरभृकुटी मण्डप, प्रदर्शनी मार्ग यी दुई स्थान महाधिवेशनसँग सम्बन्धीतस्थल रहेकाले उक्त दुई स्थानको वरिपरी ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री व्यानर भित्तेलखन, पोष्टर, तुल, पम्लेट, इत्यादी टास्न एवम् माइकिङ गर्न मनाही गरिएको छ। यस प्रकारका प्रचार सामग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा समितिले हटाउने जनाएको छ। साथै मतदानस्थल ९भृकुटीमण्डपरराष्ट्रियसभा गृह०भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा उल्लेख छ।

    १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाती १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ। यस महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने, तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवम् विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology