• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस अबको चुनावमा पहिलो पार्टी भएर देखापर्नेछ : सभापति राई

कांग्रेस अबको चुनावमा पहिलो पार्टी भएर देखापर्नेछ : सभापति राई


समायोजन खबर
  • मंगलबार, मंसिर १४ २०७८

  • नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आएको छ। विष्णुकुमार राईको नेतृत्वमा कांग्रेस आएसँगै अब कांग्रेस पार्टी जिल्लामा कस्तो बन्छ, कसरी अघि बढ्छ भनेर अडकलवाजी हुन थालेको छ।

    २०५७ देखि २०६२ सम्म कार्यवहाक सभापति तथा २०६२ देखि २०६७ र २०६७ देखि २०७२ सम्ममा पार्टी सभापति भएर कांग्रेस हाँकेका राईकै हातमा पुनःकांग्रेस पार्टी आएपछि खोटाङ कांग्रेस अब साँच्चिकै कस्तो बन्छ त ? नवनिर्वाचित कांग्रेस पार्टी सभापति राईसँग समायोजन खबरले समसामयिक विषयमा कुराकानी गरेको छ।
    खोटाङ कांग्रेसमा तपाईको नेतृत्व आएको छ । पार्टीको रुप कस्तो होला ?
    पार्टीलाई सैद्धान्तिक, वैचारिक आधारमा अगाडी बढाईनेछ। यसको संरचना टोल तहबाट जिल्ला तहसम्म बलियो बनेर जानेछ। जति पनि अगुवा कार्यकर्ताहरु छन् उहाँहरुलाई विचारवाट पे्ररित गराईनेछ। र, एउटा चुस्तदुरुस्त जनताको विचमा आफ्नो अस्तित्वलाई अनुभूत गराउने किसिमको संस्थागत राजीनितक दलको रुपमा खोटाङ कांग्रेस अगाडी बढ्नेछ।
    पार्टीभित्र चरम गुटबन्दी छ । के त्यो अन्त्य गर्न सक्नुहुन्छ ?
    प्रशिक्षणको अलिकति अभाव, कांग्रेसको वैचारिक पक्ष अलिक कमजोर हुनु, नेताहरु कार्यकर्ताको बिचमा पुग्दाखेरी व्यक्तिगत कुराहरुलाई, व्यक्तिगत सरोकारका विषयहरुलाई बढी प्रधानता दिएर संस्थागत कुराहरुलाई गौण बनाईदा तमाम तल्लो तहका कार्यकर्ताहरु व्यक्तिको सम्बन्धमा वढी उनीहरु आवद्ध हुन पुगे।
    जसका कारणले जो जिल्लास्तरीय नेताहरु जुन ठाउँमा गए ति ठाउँका कार्यकर्ताहरु उनै व्यक्तिहरुवाट निर्देशित भए, परिचालित भए। जसको कारणले नजानिदो ढंगबाट जिल्लामा गुटगत राजनीति हाबि भयो। र, अब त्यसलाई ध्यान दिंदै विचारप्रद्धत्त राजनीतिक गतिविधिहरुलाई बढाउछौ।
    तल्लो तहका सम्पूर्ण कार्यकर्ताहरु प्रशिक्षित गरेर कांग्रेसको सिपाहीको रुपमा अब रुपान्तरित हुनेछ। एक किसिमको दलीय संस्थागत गतिविधिहरु जिल्लामा बढेर जानेछ। जसका कारणले गुटगत, व्यक्तिगत जुन संस्कार बढेको छ। त्यो विस्तारै निर्मुल हुंदै जानेछ।
    कांग्रेसमा किन संस्थागत राजनीति हुन सक्दैन ?
    त्यसमा केन्द्रीय नेतृत्वहरुको पनि हात छ। उनीहरु पनि वढी व्यक्तिगत गतिविधिमा रमाउँछन्। त्यसको प्रतिबिम्बन जिल्ला र गाउँमा पुगेको हुन्छ। फलना पक्षको नेता, फलना पक्षको कार्यकर्ता भनेर विभाजित गराईने गरिन्छ। तर, अब त्यसलाई १४ औं महाधिवेशनले अलिकति निषेध गर्ला, न्युन गर्ला।
    जिल्लामा पनि हामीले वीपी विचारलाई बढी प्रक्षेपण गर्नेछौ, वीपीको सिद्धान्त, दृष्टिकोणलाई परिमार्जित गर्दै समय सापेक्षित परिभाषित गर्दै हरेक कार्यकर्ताहरुको विचमा विचारलाई उभ्याउँछौ। जसबाट कांग्रेसको संस्थागत राजनीति गतिविधि मौलाएर जानेमा विश्वस्त छु।
    अधिवेशनले चिडिएका नेता कार्यकर्तालाई गोलवद्ध बनाउन सक्नुहुन्छ ?
    गोलबद्ध बनाउन जरुरी नै छ। अधिवेशनबाट कसैले आफूलाई पराजित भएको भावनाबाट कुण्ठित भएका छन्। यसलाई नजानिदो किसिमबाट विभिन्न कार्यक्रमहरुमा उहाँहरुलाई शरिक गराउँदै विना पूर्वाग्राह, विनाआग्रह उहाँहरुको कामको, उहाँहरुको खटाईको, उहाँहरुको निष्ठाको आधारमा कार्यकर्ताहरुलाई परिचालित गर्नुपर्ने हुन्छ।

    ‘मेरो कार्यकर्ता, मलाई सहयोग गर्ने कार्यकर्ता’ नभनिकन जसको जे किसिमको क्षमता छ, जे सीप छ त्यो आधारबाट कार्यकर्ताहरुलाई जिम्मेवारी दिनुपर्छ आउने दिनहरुमा। र, यसो भईसकेपछि विस्तारै ति दुखेका मनका खाटाहरु आफै पुरिदै जानेछन्।
    मलाई यो विश्वास छ कि त्यसलाई झन दुरी बढाउने, झन मनका घाउँहरुलाई पीडा दिने ढंगवाट नेतृत्वहरु जानु हुदैन। उनीहरुसँगको उठबस, उनीहरुलाई सँगै कार्यक्रमहरुमा लिएर जाने वातावरण बनाउँदै गईसकेपछि त्यो किसिमको दुरी अवश्य घटेर जाने विश्वास छ।
    स्थानीय निर्वाचन नजिकिदै छ । जिल्लामा कांग्रेस कुन पोजिसनमा आउँन सक्ला ?
    अहिले कांग्रेसप्रती समग्र जनताहरुको विश्वास बढेर गएको छ । यसलाई आर्कषण नै भनौं । किनभने दुई तिहाईको सरकार जो कम्युनिष्ट पार्टीले गठन ग¥र्यो, जनताले दुई तिहाई नजिक बहुमत प्रदान ग¥र्यो । तर, त्यो यति असफल भयो कि त्यसले अब धेरै पछाडीका वर्षहरुसम्म नेपाली जनतालाई झस्काउँछ।
    खाली सरकार प्रमुखले जनतालाई भ्रममा पार्ने,सस्तो प्रचारमुखी कार्यक्रम ल्याउने, त्यसलाई पनि पूरा नगर्ने, हुंदाहुदै उनीहरुकै बिचमा सत्ताको राजनीति यति अगाडी बढ्यो अन्तमा उनीहरु एउटा वालुवाको घरजस्तो धड्यामधुडुम भए। र, अहिले देशको राजनीति एकातर्फ मोडिएर गएको छ। यसको क्षतिपूर्ति हुन निक्कै गाह्रो छ।

    त्यसो भएको हुंदाखेरी विगतको इतिहासमा जसरी कांग्रेसले देशको राजनीतिलाई महत्वपूर्ण ढंगबाट अगाडी बढाएको छ। ठूलठूलो उपलब्धिहरु प्रदान गरेको छ। त्यसैको आधारमा अब देशको समुन्नत प्रगतिको निम्ति एउटै नेपाली कांग्रेसलाई हेर्नेवाला छ जनताले।
    त्यसलाई गम्भीरताका साथ सोचेर खोटाङमा पनि नेपाली कांग्रेसले जनताको बिचमा घरआगनमा आफूलाई लान सक्नुपर्छ। मलाई लाग्छ स्थानीय तहमा र अन्य निर्वाचनमा पनि नेपाली कांग्रेस ‘अबको चुनावमा पहिलो पार्टी भएर देखापर्नेछ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology