• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलीलाई पद व्यवस्थापनमा समस्या

ओलीलाई पद व्यवस्थापनमा समस्या


समायोजन खबर
  • आइतबार, मंसिर १२ २०७८

  • समायोजन खबर, नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मति नेतृत्व चयनमा सकस भएको छ। सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुटेकै कारण आज १० बजेबाट पुनः सुरु हुने भनिएको महाधिवेशनको बन्द शत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

    शनिबार राति अवेरसम्म बसेको बन्दसत्रबाट केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको भए पनि उपाध्यक्ष डा भीम रावलले अध्यक्षमा आफ्नो दावी कायम नै राख्नु भएको छ।

    अध्यक्ष ओली र उहाँ निकट नेताहरू सर्वसम्मत गराउन विभिन्न नेताहरूसँग भेटेर छलफल गरिरहनु भएको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा ओली पक्षकै नेताहरूबीच मतभेद भएपछि सर्वसम्मत बनाउन थप कठिन मात्र होइन पद व्यवस्थापनमा झनै समस्या देखिएको छ।

    अर्कातिर उपाध्यक्ष डा भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ। उपाध्यक्ष रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल समेत गर्नुभएको थियो ।

    यसैबीच आज विहान मात्र पनि रावलको पर्चा वितरण गरिएको थियो । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले भित्र पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएका थिए ।

    त्यसै गरि सर्वसम्मत नेतृत्व चयनको अर्को झन ठूलो रस्साकसी वरिष्ठ उपाध्यक्षमा देखिएको छ । ओली पक्षकै मानिनु हुने महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका कारण सहमति जुट्न सकेको छैन ।

    पूर्वसभामुख नेम्वाङले ओली बाहेक अरु कसैलाई नेता मान्न आफु तयार नभएको भन्ने सन्देश अध्यक्ष ओलीलाई पठाए पछि अध्यक्ष ओली अझ संकटमा पर्नुभएको छ । उहाँले बरु आफुलाई वरिष्ठ उपाध्यक्ष नदिए सो पद नै खारेज गर्न समेत अध्यक्षलाई सुझाउनु भएको छ ।

    आइतबार बिहान नेम्वाङले प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत् ओलीलाई आफ्नो सन्देश पठाउनु भएको थियो । नेम्वाङले अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए आफू चुनाव लड्ने सन्देश पठाउको बुझिएको छ ।

    सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन १० बुँदे पक्षधरका नेताहरु र शीर्षनेताहरूबीच अनौपचारिक पहल पनि जारी छ ।

    १० बुँदे पक्षधरका नेताहरुले शनिबार बेलुका र आइतबार बिहान अध्यक्ष ओलीसँग परामर्श गर्नु भएको छ । अध्यक्षमा पनि सर्वसहमति होस भनि उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायत नेताले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।

    अध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएको भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न उहाँहरुले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो । सो क्रममा उहाँहरूले उपाध्यक्ष रावलसँग वार्ता गर्न पनि अध्यक्ष ओलीलाई सुझाउनु भएको बुझिएको छ । जवाफमा अध्यक्षले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनु भएको थियो ।

    महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा भएको थियो ।

    बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। यसैबीच एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोशिस भइरहेको जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology