• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जाजरकोटमा बस दुर्घटना हुंदा पाँचको मृत्यु, २७ जना घाइते

जाजरकोटमा बस दुर्घटना हुंदा पाँचको मृत्यु, २७ जना घाइते


समायोजन खबर
  • आइतबार, मंसिर १२ २०७८

  • समायोजन खबर, बाकेको नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिवजारका लागि हिडेको रात्री बस जाजरकोटको भेरी नगरपालिका १३ स्थित वराहचौर नजिकै दुर्घटना हुुदा ५ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।

    नेपालगन्ज देखि रूकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डि एस पी मधुकुमार थापाले जानकारी दिनुभयो ।

    डीएस्पी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।

    घटनाको थप विवरण आउँन बाँकी रहेको र घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाकी रहेको छ घटनाका वारेमा थप विवरण आउन बाँकी छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology