• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सभापतिभन्दा बढी मत ल्याए उपसभापति राईले

सभापतिभन्दा बढी मत ल्याए उपसभापति राईले


समायोजन खबर
  • आइतबार, मंसिर १२ २०७८

  • निर्वाचित उपसभापति इवन राई।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनमा निर्वाचित सभापति विष्णुकुमार राईको उपसभापतिले सर्वाधिक मत ल्याएका छन्। निर्वाचित उपसभापति इवन राईले सभापति विष्णुले भन्दा ८४ मत बढी ल्याएका हुन्।

    सभापति विष्णुले ६६९ मत ल्याउदा उपसभापति इवनले ७५३ मत ल्याएका थिए। प्रदेश क्षेत्र ‘क’ का पूर्व सभापति तथा हालको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख समेत रहेका इवनले क्रस मत धेरै पाएको अनुमान गरिएको छ।

    इवनलाई पार्टीभित्र सालिन, भद्र र इमान्दार नेताका रुपमा चिनिन्छ। उनी पार्टीको संगठन विस्तारमा सबैभन्दा क्रियाशिल देखिन्छ। भर्खरै निर्वाचित प्यानल मिलाउने सुत्रधार उनी नै रहेको श्रोत बताउँछ।

    विष्णुको प्यानलनै जिल्ला कार्य समितिमा निर्वाचित भएका हुन्। उपसभापतिमा राई र तीर्थराज भट्टराई, सचिवमा समिर राई, ज्ञानेन्द्र जोशी, सह–सचिवमा शालिकराम बन्जारा र सार्जन राई निर्वाचित भएका छन्।
    यो पनि पढ्नुहोस,खोटाङ कांग्रेसमा पौडेल पक्ष हाबि
    सम्बन्धित समाचार,खोटाङ कांग्रेस सभापतिमा विष्णुकुमार राई निर्वाचित
    यो पनि,परियार बने महाधिवेशन प्रतिनिधि, राई र बस्नेत सदस्यमा निर्वाचित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology