समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङमा पौडेल पक्षको हाबि देखिएको छ। सातौं जिल्ला अधिवेशनको जिल्ला कार्य समिति, खुल्ला/समावेशी महाधिवेशन प्रतिनिधिको शनिबार अन्तिम नतिजा सार्वजनिक भएसँगै जिल्लाको राजनीतिमा पौडेल पक्षको हाबि देखिएको हो।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईको प्यानल नै जिल्ला कार्य समिति सभापतिमा निर्वाचित भएपछि यहाँको राजनीतिमा पौडेल पक्षको हाबि देखिएको श्रोत बताउँछ। श्रोतका अनुसार पौडेल निकटका १८, पार्टी सभापति शेरबहादुर देउवा निकटका ५ तथा कृष्ण सिटौला र शेखर कोईराला निकटका १/१ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल निकटबाट इच्छुराम राना, जितेन्द्र सिं ठकुरी, नरेशकुमार श्रेष्ठ, विश्वनाथ निरौला, सुमनबाबु आचार्य,रुद्र गिरी, खुल्ला महिलामा डिल्लीकुमारी आचार्य, शान्तिदेबी राई, खस आर्यमा ईन्द्रप्रसाद घिमिरे, धर्मराज पोखरेल, खस आर्य महिलामा सरिता खड्का, आदिवासी जनजातीमा भिषण राई, लोकेन्द्र राजभण्डारी, शहरमान राई, आदिवासी जनजाती महिलामा हिरा गुरुङ, देबी राई, दलितमा राकेश परियार र अल्पसंख्यक दिवराज राई प्रतिनिधिमा निर्वाचित भएका हुन्।
देउवा निकटबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रविप्रकाश राई, विरकाजी राई, खुल्ला महिलामा सरस्वती वजिमय, बिमला राई तथा आदिवासी जनजाती महिलामा कमला राई छन् । कृष्ण सिटौला निकटका भुपेन्द्र राई र शेखर कोईराला निकटका सुवासकुमार पोखरेल महाधिवेशन प्रतिनिधि बनेका छन्।
सम्पूर्ण निर्वाचितहरुलाई शनिबार वीपी स्मृती भवन दिक्तेलमा प्रमाण पत्र वितरण गरिएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology