• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको उद्धार

प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको उद्धार


समायोजन खबर
  • बिहिबार, कार्तिक २५ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङबाट प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी १९ वर्षीया हिरा राया खड्काको बिहीबार चिसापानीवाट उद्धार गरिएको हो।

    प्रसुती व्यथाका कारण उनको स्वास्थ्य अवस्था गम्भिर भएको र प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार हुन नसकि थप जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भनि स्वास्थ्य केन्द्रको पत्र प्राप्त भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवावाट खर्च व्यहोर्ने गरी उनको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभयो।

    खड्कालाई अत्याधिक पानी बग्ने समस्या भएको थियो । उनको अहिले प्रसुती गृह थापाथलीमा उपचार भईरहेको छ। परिवारका अनुसार उनको स्वास्थ्य अवस्था सुधार हुंदै गएको छ।

    प्रसव व्यथाले च्यापेर स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको खण्डमा स्वास्थ्य कार्यालय तथा अस्पतालले जिल्ला प्रशासनलाई जानकारी गराएपछि प्रशासनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई सिंहदरबारलाई हेलिकोप्टर व्यवस्थापनका लागि आग्रह गर्ने गरेको छ । त्यसपछि हेलिकोप्टर आएर सुत्केरी आमा तथा नवजात शिशुको उद्धार गर्दछ।
    यो पनि पढ्नुहोस,खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको उद्धार 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology