• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको उद्धार

खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको उद्धार


समायोजन खबर
  • सोमबार, कार्तिक २२ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङबाट एकैदिन तीनजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथावाट बिरामी भई जिल्ला अस्पताल दिक्तेलमा उपचार गराउन आएको तर, यहाँ उपचार हुन नसकेपछि सोमबार दिक्तेलबजारको स्थानीय हेलिप्याडबाट ति बिरामीहरुको उद्धार गरिएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीया दीपा आचार्य, साकेला गाउँपालिका–५ मात्तिमकी २४ वर्षीया सुनिता राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २४ वर्षीया मेनुका खड्काको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

    तीनै जना सुत्केरी महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवावाट खर्च व्यहोर्ने गरी हेलिकोप्टर व्यवस्थापन गरेर निःशुल्क उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार आचार्य र राईलाई एकवटा हेलिकोप्टरबाट उद्धार गरिएको हो भने, खड्कालाई दोश्रो हेलिकोप्टर व्यवस्थापन गरेर उद्धार गरिएको हो।

    दीपालाई सुत्केरी हुने समय अगावै व्यथा लागेको तथा सुनिताको सुत्केरी हुने मिती नपुगेको र पानी फुटेर व्यथा लागिहाल्ने समस्या हुनसक्ने भएकाले बाहिर पठाउनु परेको जिल्ला अस्पताल खोटाङका एमडीजिपी डाक्टर नितु लामाले बताईन्। लामाका अनुसार मेनुकाको सुत्केरी हुने मिति पुगे पनि बच्चा खेल्ने पानी कम भएको र रक्तचाप बढेकाले रिफर गरिएको हो।

    तीनैजना सुत्केरी बिरामीलाई थप उपचारका लागि प्रसुती गृह थापाथली काठमाण्डै लगिएको पारिवारीक श्रोतले जनाएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल तथा दक्ष जनशक्ति नहुंदा सुत्केरी व्यथावाट सिकिस्त बिरामी परेकाहरुलाई सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने बाध्यता छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology