• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह

एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह


समायोजन खबर
  • बुधबार, कार्तिक २४ २०७८

  • वामदेव गौतम

    समायोजन खबर, नेकपा एमाले परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको छ।

    आज बुधवार एक विज्ञप्तिमार्फत नेता गौतमले एमसीसी फिर्ता लैजानु श्रेयस्कर भएको बताउनुभएको हो। एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली नागरिकले अमेरिकाप्रति गम्भीर आशङ्का व्यक्त गरिरहेका भन्दै उहाँले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको हो।

    ‘यो सम्झौताले नेपालका छिमेकी देशहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शङ्का व्यक्त भइरहेको देखिन्छ। सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शङ्का गर्न थालिएको छ’, नेता गौतमले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

    नेता गौतमले यी अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको बताउनुभएको छ।

    ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र यस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न। यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology