शोभा बुढाथोकी खोटाङ, छिमेकी, आफन्त अनि यो समाजलाई खुब लाग्छ क्यारे मेरो चिन्ता। त्यसैले बरु बिर्सेलान हालखबर सोध्न। तर, एउटा प्रश्न कहिल्यै बिर्सदैनन। “अब त बिहे गर्ने बेला भयो, मोटाउने होइन ?“ अनि संगसंगै चिप्क्याछ्न एउटा अर्को वाक्य । तलाइ त केटा हेर्न आयो भने पनि बाटैबाट फर्किन्छ।
मनले धेरै कुराहरु भन्न खोजिरहेको हुन्छ तर आफ्नो मर्यादा र संस्कारले रोक्छ। ठूला बडासंँग मुख फर्काउनुहुदैन भन्ने ममिको अर्तिले रोक्छ। अनि मुसुक्क हासेर भन्छु मोटाउलानी कुनै दिन। हैन म दुब्लो भएको मलाइ उति चिन्ता छैन तर मेरा आफन्तहरुलाइ खुब छ। फेरि यो चिन्ता हामी छोरीहरुको स्वास्थ्यको लागि हुन्थ्यो त ठिकै थियो, मात्रै बिहेका लागि।
म पढेलेखेकी छु, आफ्नो जिवनमा आफ्ना आवश्यकताहरु पूरा गर्ने शाहस र क्षमता छ। के म जिवनमा कुनै पुरुष बिना बाच्नै सक्दिन त? श्रृष्टिलाई निरन्तरता दिनको लागि स्त्री र पुरुष साथ हुनुपर्छ। हो यो प्रकृतिको नियम तर, यसो भन्दैमा छोरीको स्वाभिमान छैन? छोरी जति सुकै सक्षम भए पनि कुनै पुरुषको अगाडि तौलिनु नै पर्ने हो? के छोरीकोे पनि आफ्नो विचार हुनु गलत हो ?
मैले खुलेर हाँस्दा प्रश्न गर्छ यो समाज, भन्छ “किन हासिस?” बिहे गर्ने बेलाकी छोरी यसरी हाँस्नु दुदैन। “मैले लगाएको लुगामा टिप्पणी गर्छ यो समाज। भन्छ “बिहे गर्ने बेला भएकी छोरीले यस्तो लुगा लगाउनु हुदैन।” मैले बस्दा समेत प्रश्न उठिहाल्छ ममाथी “छ्या यसरी नि बस्छ्न र बिहे गर्ने उमेरको छोरी?” मिले खादा, बोल्दा, हाँस्दा,उठ्दा, बस्दा हरेक पटक ममाथी प्रश्न गर्छ। मेरो अगाडि जति प्रश्न आउँन त्योभन्दा कयौं टिप्पणीहरु मेरो पिठ्यु पछाडी गरिन्छ।
हुन त मलाइ यी सबै कुराले कत्ति पनि फरक पार्ने हैन। तर, स्वतन्त्रसँग बाँच्ने मेरो हक माथि किन बन्देज लगाउन खोज्छ यो समाज ?
यी सबै सबै छोरीका लागि बनाईएका समाजका नियमहरु देख्दा र सुन्दा त लाग्छ ‘छोरी’ एउटा मान्छे होइन, बजारमा बेच्न राखिएको सामान हो, गुडिया हो। जसलाइ पुरुषको अगाडि तौलिनु पर्छ, जसलाइ बेचिनु पर्छ। अब यो समाजलाई/समाजमा बस्ने तपाईहरुलाइ एउटा प्रश्न । के फरक छ छोरी र बजारमा बेच्न राखिने गुडियामा?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology