• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ पाथेकाकी एक वृद्धाको हराएको तीन दिन पछि शव फेला

खोटाङ पाथेकाकी एक वृद्धाको हराएको तीन दिन पछि शव फेला


समायोजन खवर
  • शुक्रबार, असोज ६ २०७४

  • समायोजन खवर असोज ६ खोटाङ,
    हराएको तीन दिन पछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाकी एक वृद्धा मृत अबस्थामा सब फेला परेको छ । घरमा कोहि नभएको र कसैले थाहा नदिई सम्पर्क बिहिन बनेकी ७१ वर्षीया राई बिहिबार बेलुकी मृत फेला परेकी हुन् । गत मङ्गलबार बेलुकादेखि हराएकी वृद्धालाई खोजी गर्नेक्रममा बिहीबार बेलुका मृत फेला पारिएको स्थानीयले बताएका छन् । स्थानीय हात्तिराम राईका अनुसार घर नजिकै रहेको भीरको फेदमा स्थानीयबासीहरुले वृद्धालाई मृत फेला पारेका हुन् ।

     

    घटनास्थलको प्रकृति हेर्दा वृद्धाको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ । वृद्धाको शव रहेको माथितिर झारपात लतारिएको र शवसमेत छेदविच्छेद अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले वृद्धाको शव फेला पारेपछि आफूहरुलाई खबर गरेको र घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । प्रनाउ थापाका अनुसार वृद्धाको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

     

    वृद्धाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम दिक्तेल बजारको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology