• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ढल्ने खतरामा वाग्मती प्रदेशका मुख्यमन्त्री

ढल्ने खतरामा वाग्मती प्रदेशका मुख्यमन्त्री


समायोजन खबर
  • बुधबार, कार्तिक १० २०७८

  • समायोजन खबर, वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ। त्यसका लागि दिउँसो १ बजे वाग्मती प्रदेशसभा बैठक बस्दै छ।

    मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो। मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गएको ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो। विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ। प्रदेशसभामा अहिले सत्तापक्ष एमालेका ४३ सांसद छन्। विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन्। त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० र राप्रपाका २ जना छन्।

    विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ। नेपाल मजदुर किसान पार्टी र राप्रपाले भने कुनै प्रतिक्रिया दिएका छैनन्। एमालेलाई साना दलले साथ दिंदा पनि सरकार टिकाइ राख्न आवश्यक मत नपुग्ने भएकाले शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै छ। विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ।

    वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ। एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको हो। उहाँ गएको भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नु भएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology